Date
सोम, मंसिर १, २०८२
Mon, November 17, 2025
Date
सोम, मंसिर १, २०८२
Mon, November 17, 2025

नहुने चुनावको पैरवी गरेर...

काठमाडौं,०१ मंसिर । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नहुने चुनावको पैरवी गरेर एमालेले...

आशिफको अर्धशतकमा जनकपुरले काठमाडौंलाई...

काठमाडौं,०१ मंसिर । नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो खेलमा जनकपुर बोल्ट्सले काठमाडौं गुर्खाजलाई...

सर्वोच्च अदालत आजदेखि पूर्ण...

काठमाडौं,०१ मंसिर । सर्वोच्च अदालत आजदेखि पूर्णरूपमा सञ्चालनमा आएको छ। गत भदौ २४...

सरकारले चासो नदेखेकाले आन्दोलन...

काठमाडौँ,०१ मंसिर । राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति र नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईंले...
spot_imgspot_imgspot_img
18.1 C
Kathmandu
24.9 C
Birgunj
spot_img

को हुन् मिस नेपाल अनुष्का श्रेष्ठ ?

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं । उच्च शिक्षा हासिल गर्नका लागि ५ वर्ष अगाडि अष्ट्रेलिया हानिएकी अनुष्का श्रेष्ठा कामाडौँ निवासी हुन् ।अष्ट्रेलियाको क्याथोलिक युनिभर्सिटीमा व्यवस्थापन संकायमा स्नातक अध्ययन गरेकी अनुष्काले त्यहाँको सान्दार मानिने कमनवेल्थ बैंकमा काम गरेकी छन् । उनी मिस नेपालमा भाग लिनकै लागि सानदार बैंकको जागिर छाडेर केही समयअघि नेपाल फर्किएकी थिइन् । आफन्त तथा साथिहरुले उनलाई यति राम्रो जागिर फेरि पाउन मुश्किल हुने भएकाले मिस नेपालमा सहभागी नहुन आग्रहसमेत गरेका थिए । मिस नेपालको विजेता बन्ने हुटहुटीले गर्दा उनले सबैको आग्रहलाई अस्वीकार गरिन् ।

५ फिट ४ इन्च अग्ली २३ वर्षकी यी सुन्दरीले अन्तत मिस नेपाल २०१९ को उपाधि जित्न सफल भइन् । उनले सहभागी २४ प्रतिस्पर्धीलाई उछिन्दै मिस नेपालको ताज चुम्न सफल भएकी हुन् ।
निर्णायकले सोधेको ‘हामीले अधिकारभन्दा कर्तव्यमा बढी ध्यान दिएर काम गर्‍यौं भने यो संसार समाज उत्कृष्ट बनाउन सकिन्थ्यो, तपाईंको के राय छ ? भन्ने प्रश्नको जवाफमा उनले कर्तव्य र अधिकार एकै सिक्काका दुई पाटा रहेको कुरा सुन्दै आएको भन्दै उनले सबैले आ–आफ्नो स्तरमा आफ्नो जिम्मेवारी निर्वाह गरेमा संसार स्वतः सुन्दर हुने जवाफ दिएकी थिइन् ।

‘मिस नेपाल २०१९’मा सहभागी हुन नेपाल आउनु अघि अष्ट्रेलियामा पत्रकारसँग कुराकानी गर्दै अनुष्काले आफू नेपाल गएर सामाजिक सेवामा लाग्ने बताएकी थिइन् ।
अष्ट्रेलियाबाट अनुष्काले भनेकी थिइन्- ‘विदेशमा बस्ने मानिसहरुलाई एउटा आरोप के छ भने, हामी नेपाल नेपाल भन्दै कराउँछौ, तर देशका लागि केही पनि गर्दैनौं । म नेपालमा गएर सैद्धान्तिक रुपमा मात्र होइन, व्यवहारिक रुपमा नै काम गर्न चाहन्छु ।’

अनुष्काले यो पनि भनेकी थिइन्- ‘अष्ट्रेलियामा बसेर हामीले नेपालका विभिन्न स्थानका समस्या सुनेका छौं, बुझेका छैनांै । तर, म मिस नेपालको विजेता बने पनि नबने पनि ती स्थानमा पुगेर काम गर्न चाहन्छु ।’

अनुष्काले नेपालका विभिन्न स्थानमा पुगेर गर्न चाहेको समाजसेवामा अब उनले पाएको ताजले झनै ठूलो मद्दत गर्नेछ ।

ताजा समाचार

थप समाचार