काठमाडौँ । पछिल्लो समयमा धेरै अनलाइन मिडियाहरु खुलेका छन् जसले समाचार छिटो भन्दा छिटो प्रकाशन र प्रसारण गर्ने गर्दछन् । जसका कारण समाचारका लागि रेडियो, टिभि र पत्रपत्रिकामा भर पर्नुपर्ने बाध्यता दुर भएको छ ।
अन्य सञ्चारमाध्यमको तुलनामा अनलाइन मिडिया सरल, सहज र सुलभ रहेको छ । प्रविधिको विकासले गर्दा सूचना र समाचारको क्षेत्रमा अनलाइन मिडियाले ठूलै क्रान्ति गरेको छ । एक ठाउँमा बसेर पनि विश्वका कुनैपनि स्थानको समााचार तुरुन्त पढ्न र हेर्ना पाउने विशेषताले अनलाइन मिडिमा क्रेज बढ्दो छ । पाठक र दर्शकको क्रेज बढेसँगै अनलाइन मिडियाहरुले विज्ञापन र गुगल मार्फत राम्रै आम्दानी गरिरहेका छन् । अनलाइन मिडियाको आम्दानीको मुख्य स्रोत भनेको विज्ञापन नै हो । यद्यपी यस्ले भिओर्सको आधारमा गुगलबाट पनि पैसा कमाउन सकिन्छ ।
तर पछिल्लो समयमा आफूलाई नेपालको पहिलो अनलाइन न्यूज पोर्टल यत्ति नम्बरमा छु भनेर विज्ञापन संकलन गर्ने प्रचलन बढ्दो छ । पैसा तिरेर ¥याङकिङ बढाउन सकिन्छ भन्दा अपत्यारिलो लागेपनि यो यथार्थ हो ।
¥याङकिङ बढाउन अनलाइनहरुले एलेक्सालाई दैनिक हजारौँ डलर खर्च गरिरहेको आइटीका जानकारहरु बताउँछन् । फेसबुक, टुइटर, गुगल, युट्युब जस्ता सामाजिक संजालमा आफ्नो पोष्ट भाइरल बनाउन समेत दैनिक हजारौं डलर खर्च हुने गरेको रहस्य खुलेको छ ।
जनकारहरुका अनुसार पैसा तिरेर भएपनि आफुलाई पहिलो देखाउने होडमा लाग्नु मुर्खता हो । यसरी तिरिने पैसा न त कानूनसम्मत नै हो न त केही फाइदा नै । यस्को एउटै फाइदा भनेको विज्ञापनदातालाई हामि यति नम्बर छौँ भनेर भुलाउने र विज्ञापन लिनु मात्रै हो । यसरि तिरिने डलर करको दायरा बाहिराको हो ।
सामान्यतया एलेक्साले कुन देशमा कुन वेभसाइट कति हेरिन्छ भन्ने जानकारी दिने गर्दछ । यसैको आधारमा फलानो न्युज पोर्टल यति नम्बरमा र फलानो यति नम्बरमा भनेर छुट्याउने गरिन्छ । धेरैलाई वास्तविकता थाह नहुन सक्छ । वेभसाइटको ¥याङकिङदेखि लिएर लाइक र सेयरसम्म बढाउन सकिन्छ भनेर ।
हजारौँ लाखौं जनाले लाइक गरेको नेपालका अनलाइन मिडियामा लाख भन्दा बढी पेज लाइक नभएका कमै होलान । तर पेजमा २ लाख लाइक हुनलाई कम्तिमा पनि ५ हजार डलर खर्च हुन्छ । कसैको दश लाख, २० लाख, ३० लाख लाइक छन् ।
उनीहरुले खर्च गर्ने अनुपात त्यहि अनुसारको हुन्छ । जुन पूर्ण रुपमा करको दायरा भन्दा बाहिर छन् । दैनिकजसो सयौँ डलर खर्च गरेर आफुलाई अब्बल देखाउन र बजारमा बिक्न न्युज पार्टलहरु लागिपरेको आइटीविज्ञहरु बताउँछन् । यसबाट एलेक्साले भने राम्रै व्यापार गरेको देखिन्छ ।
आइटेक नेपालका सञ्चालक जीवन न्यौपानेले आफ्नो फेसबुक एकाउन्टमा एलेक्साको लिस्टमा परेका १ सय नेपाली वेवसाइटहरुको सार्वजानिक गरेका छन् । उनी भन्छन् तपाईहरुले कुन(कुन वेवसाइटले एलेक्सालाई पैसा तिरिरहेका छन् भन्ने जानकारी पाउन सक्नुहुनेछ । आजको दिनलाई आधार बनाउने हो र एलेक्साको सुरुको मासिक प्याकेज १९.९९ यूएस डलर रहेको छ ।’
उनका अनुसार आजको डाटालाई लिने हो भने एलेक्साले १ सय भित्र परेका र एलेक्सालाई मासिक भुक्तानी गर्ने ४० वटा वेवसाईटबाट मात्रै वार्षिक आजको विनिमयदर अनुसार १० लाख ६७ हजार ३ सय ७० रूपैयाँ भन्दा बढी भुक्तानी देखिन्छ । यो त १ सयभित्र परेका वेवसाईटको कथा हो, अरु वेव पोर्टलहरु कति छन कति !
एलेक्जालाई पैसा तिरिरहेका वेवसाइटहरु:
एलेक्सा रेङ्क वेवसाइट
3 Onlinekhabar.com
4 Kantipurdaily.com
6 Ratopati.com
7 Annapurnapost.com
8 Hamrobazaar.com
9 Dcnepal.com
10 News24nepal.tv
11 Purbelinews.com
12 Deshkonews.com
14 Nagariknetwork.com
17 Baahrakhari.com
18 Thahakhabar.com
19 Nepallive.com
20 Hamrokhelkud.com
21 Merojob.com
22 Lokaantar.com
24 Sancharkendra.com
25 Edusanjal.com
26 Koshionline.com
27 Nepalipaisa.com
28 Janatasamachar.com
29 Khabarhub.com
34 Arthasarokar.com
35 Dainiki.com
36 Ehulaki.com
38 Nepalkhabar.com
42 Merostudy.com
43 Nayapage.com
44 Recentnepal.com
47 Hamrakura.com
52 Kathmandutoday.com
55 Newsofnepal.com
58 Khelpati.com
63 Nepalsamaya.com
71 Nepalipatra.com
75 Mediadabali.com
75 Gyanmandu.com
79 Sharesansar.com
84 Janatapati.com
85 Farakdhar.com
एलेक्सालाई पैसा नतिर्ने वेवसाइटहरु:
एलेक्सा रेङ्क वेवसाइट
23 Esewa.com.np
30 Cdsc.com.np
33 Setopati.com
48 Pnpkhabar.com
50 Daraz.com.np
53 Ekantipur.com
57 Merolagani.com
59 Imepay.com.np
60 Worldlink.com.np
72 Dotm.gov.np
73 Ujyaaloonline.com
74 Rbb.com.np
82 Nepalstock.com
86 Ird.gov.np
92 Psc.gov.np
94 Nayapatrikadaily.com
95 Hamropatro.com
सञ्चालक न्यौपानेका अनुसार यो तथ्याँक बुधबार र बिहीबारको एलेक्जा लिस्टबाट तयार पारेको हो । कुनै वेवसाइट तल कुनै माथि परेको पनि हुन सक्छ साथै कसैको सस्क्रीप्सन सकिएको पनि हुन सक्नेछ । उल्लेखित कुरालाई लिएर विज्ञापनदाता र सरोकारवालहरू सजगता अपनाउनु पर्ने देखिन्छ ।