शुक्र, मंसिर १५, २०८०
Fri, December 1, 2023
शुक्र, मंसिर १५, २०८०
Fri, December 1, 2023
15.1 C
Kathmandu
15.1 C
Kathmandu
22.9 C
Birgunj

आईपीएल उपाधिका लागि आज चेन्नई र मुम्बई भिड्दै, कस्ले जित्ला ?

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) को १२ औं संस्करणको फाइनल खेल आज हुँदैछ । हैदरावादमा हुने फाइनलमा आईपीएल इतिहासका सफल दुई टिम मुम्बई इन्डियन्स र चेच्चई सुपर किङ्सले प्रतिस्पर्धा गर्दैछन् ।

- Advertisement -

नेपाली समयअनुसार खेल पौने ८ बजे शुरु हुनेछ । यसअघि पहिलो क्वालिफायरमा फाइनलका लागि भिडेको चेन्नई मुम्बईसँग ६ विकेटले पराजित भएको थियो ।

मुम्वई र चेन्नईबीचको खेल निकै रोमाञ्चक हुने विश्लेषकहरुले आँकलन गरीरहेका छन् । साविक विजेता चेन्नई उपाधि लगातार आफ्नो पक्षमा पार्ने होडमा हुनेछ ।

- Advertisement -

चेन्नई र मुम्बईबीचको खेलमा कुन खेलाडीले राम्रो गर्लान् भन्ने पनि चर्चाको विषय बनेको छ । मुम्बईका लागि हार्दिक पाण्ड्या र जस्प्रीत बु्रम्राह लयमा रहेका छन् ।

मुम्बईविरुद्ध आईपीएलको १० सिजन खेलेको चेन्नईलाई ८ सिजनमा फाइलनसम्म पुर्याएका कप्तान महेन्द्रसिंह धोनीको टिम व्यवस्थापन बाधक बन्ने देखिन्छ । यसलाई ट्वान्टी–२० मा सबैभन्दा धेरै रन बनाउने भारतीय ब्याट्सम्यान रोहित शर्मा र धोनीबीचको प्रतिस्पर्धाका रुपमा पनि हेरिएको छ ।

तीन–तीन पटक आईपीएल उपाधि उचालेका दुवै टोली सर्वाधिक उपाधि उचाल्ने टोली बन्ने दाउमा छन् ।

मुम्वईले सन् २०१३, २०१५ र २०१७ मा उपाधि उचालेको छ भने चेन्नईले सन् २०१०, २०११ र २०१८ को उपाधि उचालेको थियो ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -