बिहिबार, फाल्गुन १७, २०८०
Thu, February 29, 2024

सेफ्टी ट्याङ्करमा ४७५...

काठमाडौँ,१७ फागुन । सेफ्टी ट्याङ्करको सिटमुनि ४७५ बोतल लागुऔषध फेला परेको छ...

बाराप्रहरीद्धारा सामानसहित ट्रक नियन्त्रणमा

बारा,१७ फागुन । बारा प्रहरीले बिल भन्दा बढी स्रोत खुल्न नसकेको सामान सहित...

मुआब्जा बिवादको कारणले निर्माण...

बाार,१७ फागुन । मुआब्जा बिवादको कारण निर्माण हुन नसकेको बाराको मटिअर्वा–कलैयाؘ–मानमत सडकखण्ड अन्तर्गतको...

बहुदरमाईमा नि:शुल्क आँखा शिविर...

बीरगन्ज,१७ फागुन । पर्साकाे बहुदरमाई नगरपालिका–९ विश्रामपुरस्थित श्री भङ्गी साह नेरामाविमा नि:शुल्क आँखा...
21.1 C
Kathmandu
28.8 C
Birgunj

अपडेट — एभिन्युज टेलिभिजनको ब्युरो कार्यालयमा समाजवादी पार्टीका कार्यकर्ताद्वारा तोडफोड

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगंज, ३० बैशाख —  एभिन्युज टेलिभिजनको मध्यमान्चल क्षेत्रिय कार्यालय बीरगंजमा समाजवादी पार्टीका कार्यकर्ताले तोडफोड गरेका छन् ।

- Advertisement -

मुखमा कालोपट्टी बाँधेर आएका केही युवाहरुले कार्यालयमा तोडफोड गरेको पर्साका प्रहरी उपरिक्षक रेवती ढकालले जानकारी दिनुभयो । उहाँका अनुसार तोडफोडबाट बाहिर राखिएका बोर्ड, ढोका तथा झ्यालका सिसाहरु फुट्नुका साथै क्यामेरा पर्सन जाकिर हुसैनको क्यामेरामा समेत क्षति पुगेको छ ।

 

- Advertisement -

समाजवादी पार्टीका बीरगंजका कार्यकर्ता निखिल बर्णवालको नेतृत्वमा तोडफोड भएको एभिन्युज खबरका पर्साका संवाददाता हरीशंकर शर्माले बताउनुभएको छ ।

घटास्थलमा ब्यापक मात्रामा नेपाल प्रहरी र श्सस्त्र प्रहरी परिचालन गरिएको छ । घटनाको पर्साका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भटटराइ, प्रहरी उपरिक्षक रेवति ढकाल लगायतले निरिक्षण गरेर फर्किनुभएको छ ।

नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बन्जाराले तोडफोडमा संलग्नलाइृ छिटोभन्दा छिटो पक्राउ गरी कारवाही गर्न प्रहरी प्रशासन सँग माग गर्नुभएको छ ।

एभीन्युज टेलिभिजनको सकस राजनीति कार्यक्रममा उपप्रधानमन्त्री उपेन्द्र यादवले कार्यक्रम सञ्चालक पत्रकारको प्रश्नको जवाफ नदिइ माइक फुकालेर बिचमै अन्तर्वार्ता छोडेर हिँडेपछि अहिले सर्बत्र आलोचना भइरहेको छ ।


 

Nepal Post Daily

Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार