Date
सोम, माघ ७, २०८१
Mon, January 20, 2025
Date
सोम, माघ ७, २०८१
Mon, January 20, 2025

बारामा आगलागीबाट वृद्धाको मृत्यु

बीरगन्ज,०७ माघ । बाराको प्रसौनी गाउँपालिका–७ बन्जरियामा पराल ताप्ने क्रममा भएको आगलागीमा परी...

बैंकको ऋण नतिर्न उक्साउने...

काठमाडौं,०७ माघ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले समग्र अर्थतन्त्रका सूचक सकारात्मक...

बीरगन्ज भन्सारले ६ महिनामा...

बीरगन्ज,०७ माघ । चालु आर्थिक वर्षको पहिलो छ महिनामा बीरगन्ज भन्सार कार्यालयले ८०...

बाराका पूर्व गाविस सचिवविरुद्ध...

बीरगन्ज,०७ माघ । बाराको साविक आदर्श गाविस (हाल जीतपुरसिमरा उपमहानगरपालिका) का पूर्व सचिव...
spot_imgspot_imgspot_img
22.4 C
Kathmandu
23.5 C
Birgunj
spot_imgspot_imgspot_img

दुर्गम क्षेत्रमा अत्याधुनिक मल्टिप्लेक्स खोल्दै अजय देवगन

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

अजय देवगन भारतका विभिन्न शहरमा मल्टिप्लेक्स खोल्दैछन् । अजयले भारत उत्तर प्रदेशको हापुड र गाजीपुरमा दुई सिंगल थिएटर्स पहिले नै खरिद गरेका छन् । अब उनी भारतको दूरगम क्षेत्रमा नयाँ मल्टीप्लेक्स खोल्नका लागि भारत रु. ६ सय करोडको लगानी गर्दैछन् ।

- Advertisement -

उनको लक्ष्य छ की भारतको उत्तर र दक्षिणी भेगमा २ सय ५० स्क्रीन खोल्ने । अजयको मल्टीप्लेक्स भेन्चरको पहिलो लन्च जुनमा मध्य प्रदेशको रतलाममा हुनेछ । एनवाई सिनेमाको खास उदेश्य के छ भने दुर्गम क्षेत्रका मानिसहरुका लागि अत्याधुनिक थिएटर्सको सुविधा दिने ।

अजयको हालै मात्र कमेडी फिल्म ‘दे दे प्यार दे’ सार्वजनिक भएको छ । यस फिल्ममा उनीसँग रकुल प्रीत र तब्बु छन् । यसै बर्ष अजयको टोटल धमाल पनि सार्वजनिक भएको थियो । उक्त फिल्मले बक्स अफिसमा धमाका मच्याएको थियो ।

- Advertisement -

अजयको बारेमा रकुलको यस्तो खुलासा

‘अजय सरसँग काम पटक्कै गाह्रो थिएन । काम गर्नका लागि आवश्यक हुन्छ कि आफुले अभिनेतासँग सहज महसुष गरियोस् । अजय सरले मलाई एकदमै सहज महसुष गराइदिए । उनलाई यस कुराको कतिपनि घमन्ड थिएन कि उनी यत्ति ठूला स्टार र म यो कुरा तब्बु म्याडमको हकमा पनि भन्न चाहन्छु ।

उनी पनि एकदम सिम्पल । सेटमा दुबैले रमाइलो माहौल बनाइरहन्थे । यो कुरा दे दे प्यार दे जस्तो फिल्मको लागि एकदम जरुरी थियो । यसमा हामी सबै कलाकारको समूचित तालमेल भयो । मलाई कुनैपनि क्षण लागेन कि म फिल्ममा काम गर्दैछु ।’

उनले हिन्दी फिल्ममा आफ्नो करियर ‘यारियां’ बाट सुरु गरेकी थिइन् । उनी अजय देवगनकी हिरोइन बनिन् र यसलाई ठूलो कुरा मानिन् ।

एक हिन्दी अनलाइनसँग कुरा गर्दै रकुलले भनेकी छिन्न, ‘म एकदम राम्रो मान्छे पनि हुँ । सेटमा मैले कसैसँग कुनै टिप लिइन । तपाईं ठूलो कलाकारसँग काम गर्दै हुनुहुन्छ भने केही सिक्नु पनि हुन्छ । एक्टिङ एक्सन र रिएक्सनको खेल हो ।’

दुबै अजय र तब्बु राष्ट्रिय पुरस्कार विजेता कलकार हुन् । उनीहरुसँग काम गर्दा डर लागेन ? भनी सोधिएको प्रश्नमा रकुलको यस्तो जवाफ छ ।

‘मलाई यस कुराको कहिले पनि डर लागेन कि मेरो सामुन्ने जतिसुकै ठूलो कलाकार किन नहोस् । बरु म खुसी हुन्छु । यत्तिका ठूला कलाकारसँग काम गर्न पाइएको छ । एक कलाकारको हिसाबले म कुनै दिन ठूलो कलाकार बन्नेछु भन्ने सपना देख्छु । अहिले नै डराउन थालियो भने भोलि म आफ्नो लक्ष्यमा कसरी पुग्न सक्छु र ?’

ताजा समाचार

spot_img
spot_img

थप समाचार