spot_img

विवादमा तानिएका विवेकले माफी मागे

spot_img
spot_img

फिल्मको प्रदर्शन मिति नजिकिदै गर्दा विवेक ओवराय सोसल मिडियामा ट्रोलको शिकार भएका छन् । अभिनेता विवेक ओवरायको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जीवनीमा आधारित फिल्म ‘पी एम नरेन्द्र मोदी’ प्रदर्शनको तयारी गरिरहेको छ ।

भारतमा भर्खरै भएको लोकसभाको चुनाव सकिएपछि एक्जिट पोलको मत सर्वेक्षणको चर्चा भइरहेको छ । यसैलाई लिएर ट्रोल बनाइएको थियो । जुन ट्रोल ऐश्वर्य रायमाथि बनाइएको थियो । उक्त विवादित ‘मिम’ सेयर गरेका कारण उनी विवादित बनेका हुन् ।

बलिउडको स्टारहरुले पनि चर्को आलोचना गरिरहेका छन् । ऐश्वर्य विवेकको पूर्व प्रेमिका हुन् । आफ्नो ट्रोल बनेको देखेपछि उनले बयान दिएका छन् । जहाँ उनले सुरुमा माफी माग्नबाट इन्कार गरेका थिए । तर, पछि उनले मुड चेन्ज गरे र माफी मागे ।

विवेकले आफ्नो ट्वीटर अकाउन्टमा पहिलो ट्वीटमा लेखे, ‘कहिलेकाहि जो पहिलो नजरमा हाँस्यपद र कसैलाई पीडा दिने जस्तो लाग्दैन, दोस्रोको लागि यस्तो हुन सक्दैन् । मैले पछिल्लो १० बर्षमा २ हजार भन्दा बढी केटीहरुलाई शशक्त बनाउने काम गरे, म कहिले पनि कुनै पनि महिलाको अपमानको बारेमा सोच्न पनि सक्दिन ।’

यो सँगै उनले दोस्रो ट्वीट गरे जहाँ माफी माग्दै उनले लेखे, ‘मेरो मिमबाट यदि कुनै महिलाको भावनामा आहात पुगेको भए माफी चाहन्छु । ट्वीट डिलिटेड ।’
विवेकले उक्त ‘मिम’ ऐश्वर्य राय बच्चनको मजाक उडाउँदै ओपिनियन पोल, एक्जिट पोल र वास्तविक नतिजाको फरक बताएका थिए । जसमा ऐश्वर्य राय बच्चन, सलमान खान, अभिषेक बच्चन र उनको तस्बिर समाबेश थियो ।

उनको यस्तो हर्कतले राष्ट्रिय महिला आयोगले उनलाई नोटिस पठाएको थियो । अभिनेत्री सोनम कपूरले पनि उक्त ‘मिम’ ‘क्लास लेस’ बताएकी थिइन् ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय