मङ्लबार, माघ १, २०८१
Tue, January 14, 2025
मङ्लबार, माघ १, २०८१
Tue, January 14, 2025

एसईई को परीक्षा तालिका...

काठमाडौं,०१ माघ । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१...

जय ट्रफी उपाधिका लागि...

बीरगन्ज,०१ माघ । जय ट्रफी मेन्स एलिट कप क्रिकेट प्रतियोगिताको फाइनल खेल आजदेखि...

माघे संक्रान्ति देशभरी धुमधाम...

काठमाडौ,०१ माघ । आज माघ १ गते देशभरि विविध परम्परा र आस्थाका साथ...

बीरगंज महानगरपालिकाको डिजिटल बोर्डमा...

बीरगंज । बीरगंज महानगरपालिकाको मुख्य प्रवेशद्वारमा रहेको डिजिटल डिस्प्ले बोर्डमा आपत्तिजनक सामग्री प्रदर्शन...
spot_imgspot_imgspot_img
10.1 C
Kathmandu
13.9 C
Birgunj
spot_imgspot_imgspot_img

काठमाडौँ बम आक्रमण : सशस्त्र द्वन्द्धकै झल्को, सरकारले विप्लवलाई दबाउलान कि फकाउलान ?

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौँ । आइतबार देशकै मुख्य प्रशासनिक केन्द्र सिंहदरबारबाट केही दुरीमा रहेको घट्टेकुलो र सुकेधारामा बम विष्फोट हुँदा ४ जनाको ज्यान गयो र आधा दर्जन घाइते भए । व्यस्त शहर काठमाडौँमा सशस्त्र दोन्द्धकै झल्को दिने गरी भएको विष्फोटबाट राजधानीवासि त्रासित भए ।
घट्ना लगतै गृहमन्त्री रामबहादुर थापा बादलले नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धानका प्रमुख र काठमाडौँ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीलाई बोलाएर सुरक्षा व्यवस्था चुस्त बनाउन निर्देशन दिए ।
घट्नामा विप्लव समूहको संलग्नता रहेको प्रहरीले पुष्टि गरे र मृत्यु भएकाहरु पनि उनकै कार्यकर्ता भएको बताए ।

- Advertisement -

सोमबार घोषणा गरेको बन्द सफल बनाउन पूर्व तयारी गर्नेक्रममा विष्फोट हुँदा उनीहरुको मृत्यु भएको प्रहरीको भनाई छ ।
राजधानीमै बम विष्फोट भएपछि देशैभर त्रासको वातावरण सृजना भयो र सरकारको सुरक्षा व्यवस्थाप्रति समेत प्रश्न उठ्यो । संभवत नेपालकै इतिहासमा पहिलो पटक गठन भएको दुई तिहाइको कम्युनिष्ट सरकार रहेको बेला श्रृङ्खलावद्ध रुपमा राजधानीमै बम विष्फोट भएपछि सरकारको सुरक्षा व्यवस्थामाथि प्रश्न उठेको हो ।
तर राजनीतिक माग गर्दै आएको विप्लव समूहलाई प्रतिबन्ध लगाएर सरकारले धरपकड गरेपछि आफ्नो उपस्थिति बलियो रहेको देखाउन खोजेको चर्चा पनि हुन थालेको छ ।

गत फागुन २८ गते राति ओली सरकारको क्याबिनेटले विप्लव माओवादीमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । त्यस लगत्तै सरकारले विप्लव समूहका नेतालाई गिरफ्तार गर्ने र यो समस्यालाई समाधान गर्ने दाबी गरेको थियो । तर, आइतबार गृहमन्त्री रामबहादुर थापाको कार्यकक्षमा समेत सुनिने गरी सिंहदरबार नजिकै भएको बम विस्फोटनले ओली सरकारलाई चुनौति दिएको छ ।
साथै जेष्ठ ८ गते भोजपुरमा प्रहरीले चलाएको गोली लागेर मृत्यु भएका विप्लवका कार्यकर्ता तीर्थराज घिमिरेको बदला समेत लिएको विश्लेषण हुन थालेको छ ।

- Advertisement -

विगतको तुलनामा सोमबार विप्लब समूहले घोषणा गरेको बन्दको प्रभाव काठमाडौँ लगायत देशैभर देखिएको छ । सरकारको प्रतिबन्ध र प्रहरीको गोली लागेर आफ्नो कार्यकर्ताको मृत्यु भएपछि विप्लव समूह सरकार प्रति आक्रमक हुन थालेको काठमाडौँ बम विष्फोटको घट्नाबाट पुष्टि हुन्छ । उसले बन्दलाई सफल पार्न भन्दै कयौँ सवारीसाधानमा आगजानी गरेका छन् भने २ दर्जन भन्दा ढबी स्थानमा विष्फोटक पदार्थ फेला परेको छ ।

विप्लव समूहमाथि पेलेर अघि बढ्ने रणनीति लिएको केपी ओली नेतृत्वको सरकारले अब कस्तो रणनीति अपनाउलान् भन्नेमा सबैको चासो छ । प्रधानमन्त्री ओली र गृहमन्त्री रामबहादुर थापा विप्लव समूहलाई दबाएर अघि बढ्लान वा फकाएर अघि बढ्लान् भन्ने सर्बत्र चासो र चर्चाको विषय बनेको छ । दुवै आक्रमक रुपमा प्रस्तुत भए मुलुक द्धन्दतर्फ धकेलिने जानकारहरु बताउँछन् ।

ताजा समाचार

spot_img
spot_img

थप समाचार