Date
शनि, मंसिर २०, २०८२
Sat, December 6, 2025
Date
शनि, मंसिर २०, २०८२
Sat, December 6, 2025

सातदलीय समर्थनमा कृष्ण यादव...

बीरगन्ज,१९ मंसिर । मधेश प्रदेशमा नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादव प्रदेश...

७७ सांसदको समर्थनसहित कृष्ण...

काठमाडौँ,१९ मंसिर । नेपाली कांग्रेसका मधेस प्रदेश नेता कृष्ण यादवले प्रदेश प्रमुख सुरेन्द्र...

एमाले अध्यक्ष ओली देउवालाई...

काठमाडाैं,१९ मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर...

भेदभावमुक्त समाज निर्माणका लागि...

काठमाडौं,१९ मंसिर । प्रधानमन्त्री सुशीला कार्कीले सामाजिक न्याय र भेदभावमुक्त समाज निर्माणका लागि...
spot_imgspot_imgspot_img
8.1 C
Kathmandu
13.6 C
Birgunj
spot_img

पाँच अस्पतालको स्तरोन्नति, बिरगंज को नारायणी अस्पताल पनि स्तरोन्नति हुने

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

सबै प्रदेशमा कम्तिमा एक अस्पतालबाट विशिष्टिकृत स्वास्थ्य सेवाप्रदान गर्ने नीतिअनुरुप कोशी, भरतपुर,नारायणी,भेरी र डडेलधुरा उपक्षेत्रीय अस्पतालको स्तरोन्नति गर्न एक अर्ब रुपैयाँ विनियोजन गरिएको छ।

गण्डकी प्रदेशमा पश्चिमाश्चल स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरा र कर्णाली प्रदेशमा क्षेत्रीय अस्पताल सुर्खेतबाट विशिष्टिकृत स्वास्थ्य सेवा उपलब्ध हुने छ।

राजविराजमा रामराजासिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्थापना गर्न ४० करोड रुपैयाँ विनियोजन गरिएको छ। मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर पूर्वाधार निर्माण र बाँकेको सुशील कोइराला प्रखर क्यान्सर अस्पताललाई संचालनमा ल्याउन, सिरहामा क्यान्सर अस्पताल निर्माण गरी वीपी कोइराला क्यान्सर अस्पतालको विस्तारित सेवा प्रदान गर्न र जीपि कोइराला राष्ट्रिय स्वासप्रश्वास उपचार केन्द्रको सेवा संचालन गर्न बजेट विनियोजन गरिएको छ।

मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरमा मानव अंगको म्याचिङ टेस्ट स्थापना गर्न अनुदानको व्यवस्था गरिएको छ। वीर अस्पताललाई अन्तर्राष्ट्रियस्तरको विशिष्टिकृत सेवासहितको उत्कृष्ट केन्द्रको रुपमा विकास गरिने भएको छ।

भक्तपुरको दुवाकोटमा वीर अस्पताल विस्तारका लागि आगामी आर्थिक वर्षमा विस्तृत अध्ययन सम्पन्न गरिने छ। आधुनिक भवनको निर्माण कार्य अघि बढाउन ४० करोड रुपैयाँ विनियोजन गरिएको छ। केन्द्रीय स्वास्थ्य प्रयोगशाला लाई अत्याधुनिक निदान केन्द्रको रुपमा स्तरोन्नति गरिने भएको छ। तीन वर्षभित्र सबै प्रदेशमा अत्याधुनिक निदान केन्द्र संचालनमा ल्याइने भएको छ।

सम्बन्धित प्रदेशको लागत सहभागितामा प्रदेश जनस्वास्थ्य प्रयोगशाला संचालनका लागि आवश्यक पूर्वाधार निर्माण तथा जनशक्ति व्यवस्थापन गरिने भएको छ। आधुनिक चिकित्साका साथै आयुर्वेदिक, होमियोप्याथिक, युनानी, अकुपन्चर, आम्चि र प्राकृतिक चिकित्सा जस्ता वैकल्पिक उपचार पद्दतिको अनुसन्धान , विकास र उपयोगमा जोड दिने जनाइएको छ।सार्वजनिक स्थल र सवारी साधनमा धुमपान तथा मद्यपान पूर्णरुपमा निषेध गरिने भएको छ।

ताजा समाचार

थप समाचार