spot_img

QAA प्रमाण पत्र पाउने प्रदेश २ कै पहिलो क्याम्पस बन्यो हरिखेतान बहुमुखी क्याम्पस

spot_img
spot_img

वीरगञ्ज, १६ जेठ — तराईकै उत्कृष्ट सामुदायिक क्याम्पसको रुपमा रहेको हरिखेतान बहुमुखी क्याम्पसले विश्व विद्यालय अनुदान आयोग भक्तपुरबाट गुणस्तर प्रत्यायन मापन प्रमाण पत्र प्राप्त गरेको छ । शैक्षिक गुणस्तर सुदृढ गर्दै २१ औं सताब्दी सुहाउदो शिक्षा प्रदान गरेको कारण हरिखेतान बहुमुखी क्याम्पसलाई आयोगले सो प्रमाण पत्र प्रदान गरेको हो ।

निति तथा कार्यबिधि, पाठ्यक्रमका पक्षहरु, शिक्षण सिकाइ र मुल्यांकन, अनुसन्धान, परामर्श र बिस्तार, पुर्वाधार, सिकाइ र स्रोत लगायतका गुणस्तरीय शैक्षिक मापनका विभिन्न मापदण्ड पुरा गरेपछि विश्व विद्यालय अनुदान आयोगबाट त्तब्ब् प्रमाण पत्र पाउने प्रदेश नम्बर २ कै पहिलो क्याम्पसको रुपमा हरिखेतान बहुमुखी क्याम्पस भएको हो । बि.सं. २०३८ सालमा स्थापित यस क्याम्पसले वीरगंज मात्रै नभएर प्रदेश न. २ का साथै समग्र देशकै शिक्षा क्षेत्रमा महत्वपुर्ण योगदान पु¥याएको छ ।

गुणस्तर प्रत्यायन मापन प्रमाण पत्र प्राप्त गरेपछि एकदमै खुशि हुनुका साथै यसले थप चुनौति दिएको हुँदा ति चुनौतिहरुको समेत सामना गर्दै आगामी दिनमा अँभै सुधार गर्ने क्याम्पस प्रमुख डा. भगवान यादबले प्रतिबद्धता ब्यक्त गर्नुभएको छ ।
त्यसैगरी बिगत ३ दशक देखिको लामो समयको परिश्रम स्वरुप प्राप्त गरेको गुणस्तर मापन प्रतयायन प्रमाणपत्रले अँझै जोश र जाँगर थप्नुका साथै थप हौसला र प्रेरणा मिलेको क्याम्पसका सम्बद्ध निकायका प्रमुख मुक्त कुमार भुषालले बताउनुभयो । उहाँले यस कार्यमा सहयोग गर्ने सबै बिद्यार्थि, अभिभाबक तथा सम्पुर्ण शिक्षा प्रेमीहरुलाय हार्दिक आभार ब्यक्त गर्नुका साथै आगामी दिनमा पनि यसरी साथ र सहयोग रहिरहने अपेक्षा समेत गर्नुभएको छ ।
विज्ञान, व्यवस्थापन, मानविकी, शिक्षा, कानुन लगायतका विषयमा पठन पाठन हुदै आएको यस क्याम्पसले यसै शैक्षिक सत्र देखि ९ कक्षाको पठन पाठन समेत शुरु गरेको छ ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय