सोमवार, भदौ ३१, २०८१
Mon, September 16, 2024

पाकिस्तानका १० सांसदलाई जमानत...

एजेन्सी,३१ भदाै। पाकिस्तानको एक आतंकवादविरोधी अदालतले जेलमा रहेका पूर्व प्रधानमन्त्री इमरान खानको पार्टीका...

कास्कीमा डेङ्गी सङ्क्रणबाट ३...

गण्डकी,३१ भदाै । डेङ्गी सङ्क्रणबाट तीनजनाको मृत्यु भएको छ । पोखरा महानगरपालिका–५ का...

सहकारी छानबिन समितिको प्रतिवेदन...

काठमाडौं, ३१ भदाै । सहकारीको रकम अपचलन सम्बन्धी संसदीय विशेष समितिको प्रतिवेदन आजको...

ललितपुरमा मङ्गलबारदेखि इन्द्रजात्रा सुरु...

ललितपुर,३१ भदाै । ललितपुर महानगरपालिका–१ मा मङ्गलबारदेखि इन्द्रजात्रा सुरु हुने भएको छ ।...
26.1 C
Kathmandu
27.3 C
Birgunj

मोदीविरुद्ध उठेका पूर्वसैनिकको उम्मेदवारी खारेज

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौँ- भारतीय प्रधानमनन्त्री नरेन्द्र मोदी विरुद्ध चुनाव लड्न खोजेका एक भारतीय पूर्वसैनिकको उम्मेदवारी खारेज भएको छ।

- Advertisement -

वनारस ज़िलाको निर्वाचन कार्यालयले सीमा सुरक्षा बल (बीएसएफ)का पूर्व जवान तेजबहादुर यादवको बनारस लोकसभा सीटका लागि दिइएको उम्मेदवारी खारेज गरिदिएको हो।

तेजबहादुरले अप्रिल २३ मा स्वतन्त्र र अप्रिल २९ मा  सपा–बसपा गठबन्धनबाट उम्मीदवारी दर्ता गराएका थिए। आयोगले उनको उम्मेदवारी किन खारिज गरिएको हो भन्नेबारे केही खुलाएको छैन।

- Advertisement -

तेजबहादुरले यसविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गर्ने बताएका छन्।

उनले आफ्नो उम्मेदवारी गलत तरिकाले रद्द गरिएको बताए।

‘मेरो मनोनयन गलत तरिकाले रद्द गरिएको छ,’ उनले भने, ‘मलाई  मंगलबार साँझ ५ बजेर १५ मिनेसम्म उम्मेद्वार भएको प्रमाण दिन भनिएको थियो, मैले त्यो पनि दिएँ। प्रमाण दिँदादिँदै पनि मेरो उम्मेदवारी खारिज गरियो। यसविरुद्ध म सर्वोच्च अदालत जान्छु।’

भारतीय अखबार जनसत्ताका अनुसार २० अप्रिलमा उनको मनोनयनमाथि अनुसन्धान सुरु भएको थियो।

निर्वाचन अधिकारी सुरेन्द्र सिंह यादवले अनुसन्धानका क्रममा तेजबहादुरले बिएसएफबाट बर्खास्तीका बारेमा आफ्ना दुई मनोनयनपत्रमा अलग-अलग जानकारी दिएको पाएका थिए।

मोदीविरुद्ध उम्मेद्वारी दिएका पूर्वसैनिक तेजबहादुर सैनिक पोशाकमा।

यसबारे उनीमाथि अनुसन्धान गरिरहेका निर्वाचन अधिकारीले यादवलाई २४ घण्टाभित्र बीएसएफबाट ‘नो अब्जेक्सन लेटर’ लिएर उपस्थित हुन सूचना जारी गरेका थिए। उक्त पत्रमा तेजबहादुरले बिएसएफबाट उनलाई बर्खास्त नगर्नुको कारण उल्लेख गर्नुपर्ने थियो।

जाँचका क्रममा तेजबहादुरले आफ्नो मेनोनयनपत्रमा  ‘भारत सरकार या राज्य सरकारअन्तर्गत पद धारण गरेका बेला भ्रष्टाचार या अभिव्यक्तिका कारण पदच्युत गरिएको हो?’ प्रश्नको भन्ने जवाफमा ‘हो’ बताएको खुल्न गएको बताइएको छ।

आफ्नो मनोनय पत्रमा तेबहादुरले आफू सन् २०१७ को १९ अप्रिलमा बर्खास्तीमा परेको उल्लेख गरेका थिए। तर, दोस्रो पटकको मनोनयपत्रमा उनले बर्खास्ती सोही मितिमा भएपनि त्यसको कारण चाँहि पदमा रहेका बेला भ्रष्टाचार या अभिव्यक्ति नभएको उल्लेख गरेका छन्।

बर्खास्तीको सूचना आउनुभन्दा पहिले तेजबहादुरले निर्वाचन अधिकारीसँग भेटेर आएका थिए। उनले बीएसएफका तर्फबाट निर्वाचन आयोगलाई दिएको पत्रमा अनुशासन हीनताका कारण आफ्नो बर्खास्‍ती र यसले कुनै पनि प्रकारको चुनाव लड्न बाधा नभएको उल्लेख भएको बताएका थिए।

तेजबहादुरका वकिल राजेश गुप्ताले भने, ‘हामीलाई जुन प्रमाण मागिएको थियो। त्यो हामीले पेस गरका थियौं। तैपनि उम्मेदवारलाई अवैध घोषित गएिको छ। हामी यसविरुद्ध सर्वोच्च अदालतमा जान्छौं।’

तेजबहादुरको उम्मेदवारी  खारिज भएपिछ अब उनको ठाउँमा शालिनी यादव समाजवादी पार्टीको उम्मेदवार हुने छिन्।

मोदीविरुद्ध उठेका तेजबहादुरको दुई वर्षअघि एउटा भिडिओ सामाजिक सञ्जालमा भाइरल भएको थियो। त्यसमा उनले फौजका जवानलाई दिइने खानाको गुणस्तरबारे प्रश्न उठाएका थिए।

अधिकृतहरूसँग त्यसबारे गुनासो गर्दा पनि केही नभएको र गृह मन्त्रालयमा चिट्ठी लेख्दा पनि सुनुवाइ नभएको उनको भनाइ थियो।

त्यो भिडिओले सैनिक र राजनीतिक क्षेत्रमा हलचल केही दिन हलचल नै मच्चाइदिएको थियो।

सेनाले त्यसबारे छानबिनको आदेश दिएको थियो। पछि उनी पदमुक्त भएका थिए।

मोदीविरुद्ध किन?
हरियाणाका बासिन्दा तेजबहादुरले सेनालाई लिएर राजनीति गर्ने व्यक्तिलाई हराउन आफूले चुनावमा उठेको बताउने गरेका छन्।

‘म काशी विश्वनाथको आशीर्वादले नक्कली चौकीदारलाई हराउन चाहन्छु जसले सेनामाथि राजनीति गर्छन्,’ उनी भन्छन्,  ‘उनले हाम्रो सेनाको नाम बदनाम गरे, जसले गर्दा जवानको आत्मविश्वास कमजोर भएको छ।’

उरी आक्रमणपछि सेनाको तर्फबाट गरिएको ‘सर्जिकल स्ट्राइक’ र यस वर्ष पुलवामामा भएको आक्रमणपछि वायुसेनाले पाकिस्तानतर्फ गरेको आक्रमणको श्रेय भारतीय जनता पार्टीका नेता र कार्यकर्ताले प्रधानमन्त्री नरेन्द्र मोदीलाई दिन्छन्।

मोदीले विगतका सरकारले सेनालाई छुट नदिएका कारण देशभित्र आक्रमण भएको आरोप लगाउने गरेका छन्।

‘त्यस्तो होइन,’त्यसबारे तेजबहादुर यादवले बिबिसी हिन्दीसँग भनेका छन्, ‘सेनाले यसअघि पनि आक्रमण गर्थ्यो। तर त्यसलाई लिएर राजनीति हुँदैनथ्यो। वर्तमान सरकारले सेनाको कामलाई लिएर राजनीति गरिरहेकाले त्यसको उत्तर दिन म निर्वाचनमा उठेको हुँ।’

उनी थप्छन्, ‘आजसम्म हामीले सिमानाको रक्षा गर्‍यौँ। तर जबसम्म देशको जवान संसद्‍मा पुग्दैन तबसम्म यो देशको सुरक्षा सुनिश्चित हुँदैन।’

असली चौकीदार को?
तेजबहादुर यादवले आफ्नो चुनावी प्रचारमा वितरण गरिरहेको पोस्टरमा आफू देशको असली चौकीदार भएको उल्लेख गरेका छन्।

असली र नक्कली चौकीदारबारे उनी भन्छन्, ‘यति वर्षसम्म सीमाको चौकीदारी हामीले गर्‍यौँ भने देशको असली चौकीदार पनि त हामी हौँ।’

उनको प्रश्न छ, ‘यदि मोदीले आफूलाई चौकीदार मान्छन् भने रफाल विमान खरिद प्रकरणको फाइल कसरी चोरी भयो। नीरव मोदी र अन्य व्यक्तिहरू देशबाट भागे भने उनी केका चौकीदार भए?’

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार