शुक्र, मंसिर १५, २०८०
Fri, December 1, 2023
शुक्र, मंसिर १५, २०८०
Fri, December 1, 2023
15.1 C
Kathmandu
15.1 C
Kathmandu
22.9 C
Birgunj

परीक्षा केन्द्रमाथि गम्भरी आरोप लगाउँदै परीक्षार्थीले गरे प्रदर्शन (भिडियो)

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

वीरगञ्ज । निर्धारित समय भन्दा ढिलो गरि प्रश्नपत्र बाँडेको र चकेजाँचको क्रममा छात्रालाई दुव्र्यवहार गरेको आरोप लगाउँदै कक्षा १२ का परीक्षार्थीहरुले प्रदर्शन गरेका छन् ।
वीरगंज कमर्स क्याम्पस बीसीसी मा परीक्षा दिन गएका विद्यार्थीहरुले बिहिवार कलेजले २० मिनेट ढिलो प्रश्नपत्र दिएको, समयअगावै कपी खोसेको र छात्रामाथि दुव्र्यवहार गरेको आरोप लगाएका छन् । आक्रोशित परीक्षार्थीहरुको प्रदर्शनबाट परीक्षा केन्द्र केहीबेर तनावपूर्ण बन्न पुगेको थियो । विद्यार्थीहरुले नारा जुलुस गर्न थालेपछि प्रहरीले स्थितिलाई नियन्त्रणमा लिइएको थियो ।

- Advertisement -

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार ‘प्राविधिक कारणले ५ मिनेट ढिला कपी वितरण भएको थियो ।

विसीसी कलेज परीक्षा केन्द्रमा अनुभूति कलेज, त्रिजुद्ध मावि, बिद्यापीठ उच्च मावि श्रीपुर र मिनिल्याण्ड स्कुलका विद्यार्थीको परीक्षा केन्द्र परेको छ ।

- Advertisement -

परीक्षामा अमर्यादित गतिविधि गरको आरोपमा विसीसी कलेजका केन्द्राअध्यक्ष सुशील भट्टराईलाई केन्द्राध्यक्षबाट हटाइएको छ भने नगवा स्कुलका प्रधानाध्यापक घनश्याम मिश्रलाई केन्द्राध्यक्ष बनाइएको छ ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -