साेमबार कुन–कुन राजमार्गमा अवराेध छ ? हेर्नुहाेस् विस्तृतमा

spot_img

काठमाडौँ — बाढी र पहिरोले देशभरका राजमार्गहरु अवरुद्ध बनेका छन् । कतिपय ठाउँमा सडक र पुल नै बगाएको छ । प्रहरीले अवरुद्ध सडक खुलाउने प्रयास जारी राखेको छ । कतै यात्रा गर्नु पूर्व राजमार्गको अवस्था बुझेर मात्रै यात्रा गर्न प्रहरीले आग्रह गरेको छ । हेरौं कहाँको सडकको अवस्था कस्तो छ :

महाेत्तरीकाे वर्दिवास नगरपालिका १ र ४ जाेड्ने पूर्वपश्चिम राजमार्गमा रहेकाे भप्सी खाेलामा रहेकाे डाइभर्सन गरेकाे बाटाेमा पानीकाे बहाव बढेपछि यातायात अवरुद्ध भएकाे छ।

मकवानपुरकाे इन्द्रसराेवर गाउँपालिका–५ महालक्ष्मी खाेला नजिक पहिराे खसेर बिहानदेखि यातायातठप्प छ।

सिन्धुली–लगातारको वर्षाले पहिरो खसेपछि पाँचदिनदेखि वीपी राजमार्ग अवरुद्ध बनेको छ। सिन्धुलीमाढी–खुर्कोट नेपालथोकखण्डमा पहिरो खसेर राजमार्ग अवरुद्ध बनेको हो।

प्रहरीका अनुसार गोलन्जोर गाउँपालिकाको माथिल्लो बारामा खसेको पहिरो सफा गरेपछि आइतबार केही घण्टा खुलेको राजमार्ग पुःन अवरुद्ध भएको छ। प्रहरी उपरीक्षक चक्रबहादुर सिंहका अनुसार वर्षा नरोकिएकाले पहिरो खस्नेक्रम जारी छ।

मध्यपहाडी राजमार्ग अन्तर्गत खुर्कोट घुर्मी खण्डको गोलन्जोर गाउँपालिका ६ को हैवारमा पहिरो खस्दा सडक अवरुद्ध बनेको छ।

सल्यान– वर्षातका कारण सडक हिलाम्मे भएपछि सल्लीबजार–चौरजहारी सडक तीन दिन देखि अवरुद्ध भएको छ। सडक अवरुद्ध भएका कारण गाडी चल्न छाडेपछि यात्रुहरु हिडेर आउजाउ गर्न बाध्य भएका छन्।

गाडी चल्न छाडेपछि बिरामी भएकालाई उपचारका लागि लैजान समेत कठिनाई हुन थालेको स्थानीयले बताएका छन्। हिलाम्मे सडकमा ठूल खाल्डा भएकाले गाडी फस्ने गरेका कारण वर्खा भरी यातायात बन्द हुने गरेकाे स्थानीयले बताएका छन्।

यातायात अवरुद्ध भएपछि सल्यानका बन्गाड कुपिण्डे नगरपालिका, कुमाख गाउँपालिका र रुकुम पश्चिमका चौरजहारी क्षेत्रका स्थानीय प्रभावित भएका छन्।

उदयपुर–वर्षातसँगैको बाढीपहिरोका कारण सिद्धिचरण राजर्मागको माथिल्लो खण्ड पूर्णरुपमा अवरुद्ध भएको छ।राजर्मागको मिर्चैया–कटारी, कटारी–वेतीनी खण्ड आंशिक रुपमा संचालनमा आए पनि वेतेनी–घुर्मी खण्ड पूणरुपले अवरुद्ध भएको छ।

वेतेनी–घुर्मी खण्ड २५ किलोमिटर अर्न्तगत कटारी नगरपालिका– ११ ठाटीभन्ज्याङ्ग र लप्सेकोभीरसहित दर्जन बढी स्थानमा पहिरो गएका कारण सडक ठप्प भएको छ।

ठाटीभन्ज्याङ्गमा सडक नै बगेको र लप्सेमा माथिबाट पहिरो खसेर अवरुद्ध भएको उदयपुर उद्योग वाणिज्य संघ कटारीका अध्यक्ष पुष्कर खडकाले बताए। खडका अनुसार वेतेनी–घुर्मी २५ किलोमिटर क्षेत्रमा मोटरसाइकल समेत संचालन हुन सक्ने अवस्था छैन। भने सर्वसाधरणलाई हिड्न पनि समस्या रहेको खडकाले बताए।
मिर्चैया–कटारी, कटारी–वेतेनी खडकमा सडक संचालन गरिएको इलाका प्रहरी कार्यालय कटारीका प्रहरी नायब उपरीक्षक सागर केसीले बताए।

दुई दिनदेखि अवरुद्ध मिचैया–घुर्मी सिद्धिचरणको वेतेनीसम्ममात्रै खोलिएको र वेतेनी–घुर्मी खोल्न सक्ने अवस्था नरहेको प्रहरी नायब उपरीक्षक केसीले बताए।

हेटाै‌ंडा–हेटौ‌ंडाबाट राजधानी प्रवेश गर्ने त्रिभुवन राजपथ र छोटो दुरीको वैकल्पिक मार्ग दुवै सोमबार बिहानदेखि अवरुद्ध भएका छन्।

त्रिभुवन राजपथको थाहा नगरपालिका—१ खानीखेतमा पहिरो खसेकाले राजपथ अवरुद्ध भएको छ। यसैगरी हेटौ‌ंडा—भीभफेदी–कुलेखानी–फाखेल हुँदै फर्पिङ निस्कने छोटो दुरीको मोटरबाटो पनि आइतबार राति देखि नै अवरुद्ध भएको छ।
आइतबार दिउँसो संचालनमा ल्याएको उक्त मोटर बाटो रातिको वर्षाका कारण विभिन्न भागमा पहिरो गएकाले अवरुद्ध भएको प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले बताए।

यसैगरी हेटौंडा—भीमफेदी–कुलेखानी–सिस्नेरी हुँदै दक्षिणकाली निस्कने मोटरबाटो पनि विगत चार दिनदेखि बन्द छ। उक्त सडक खण्डको सिस्नेरीस्थित ज्यामिरेमा पहिरो गएको छ। हेटौ‌ंडाबाट चितवन—मुग्लिङ र नौबिसे हुँदै सवारी साधनहरु सोमबार विहानदेखि राजधानी आवत–जावत गरिरहेका छन्।

spot_img

ताजा अपडेट

लोकप्रिय