स्वास्थ्य सामाग्री लिन चीन उड्यो नेपाल एयरलाइन्सको जहाज

spot_img

काठमाडौँ । कोरोनाभाइरससँगको महामारीसँग जुझ्न आवश्यक स्वास्थ्य सामग्री लिन नेपाल एयरलाइन्सको जहाज चीनतर्फ प्रस्थान गरेको छ ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले नेपाल एयरलाइन्सको आरए ४१७१ जहाज शनिबार दिउँसो साढे १२ बजे नेपालबाट चीनको ग्वान्जाओतर्फ प्रस्थान गरेको जानकारी दिए ।

विमानले नेपाली व्यापारीले किनेर राखेका स्वास्थ्य उपकरण ल्याउने स्वास्थ्यमन्त्री भानुभक्त ढकालले बताए । नेपाल आइसकेपछि व्यापारीबाट ती सामान सरकारले किन्ने छ । आज लिन गएको सामग्रीमा कोरोना संक्रमण फैलन नदिने औषधि, एन–९५ मास्क, व्यक्तिगत सुरक्षा सामग्री (पीपीई), प्रयोगशालामा सामग्री, थर्मल गन, आईसीयू शय्या, संक्रमण टेस्ट गर्ने किटलगायत छन् ।

जहाज आजै राति १ बजे नेपाल आइपुग्नेछ ।

spot_img

ताजा अपडेट

लोकप्रिय