नेपाल : कोरोनाको पाँचौ संक्रमित भेटियो

spot_img

बीरगन्ज, १५ चैत्र ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पाँचौ कोरोना संक्रमित भेटिएको पुष्टि गरेको छ ।

केहीबेर अघि मन्त्रालयमा नियमित अपडेट गर्दै मन्त्रालयले पाँचो संक्रमित महिला भएको जनाएको छ ।

बेल्जियमबाट कतार हुँदै आएकी १९ बर्षीया युवतीमा कोरोना संक्रमणको पुष्टि मन्त्रालयले गरेको हो ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा शनिबार गरिएको परीक्षणमा ती युवतीमा कोरोना पोजेटिभ भएको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए ।

उनी बेल्जियमबाट कतार हुँदै चैत ४ गते क्यूआर ६५२ नम्बरको फ्लाइटबाट उनी नेपाल आएको देवकोटाले बताए । उनकाे अवस्था सामान्य रहेकाे पनि देवकोटाले बताए । ती युवती बागलुङकी हुन् ।

spot_img

ताजा अपडेट

लोकप्रिय