मेयरले गरे वडा अध्यक्षहरुसँग छलफल, संक्रमणलाई रोक्न प्रत्येक वडालाई ५० हजार दिइने

spot_img

बीरगन्ज, १५ चैत – बीरगन्ज महानगरपालिकाका ३२ वडा मध्ये १६ वडा अध्यक्षसँग शनिबार नगर प्रमुख विजय कुमार सरावगीले छलफल गरेका छन् । विश्वमै महामारीको रुपमा फैलिएको कोरोना रोगको संक्रमणबाट आम समुदायलाई बचाउन वडा अध्यक्षहरुसँग मेयरले छलफल गरेका हुन् ।

लकडाउनलाई अझ व्यवस्थित गर्न र कोरोनाको जोखिम न्यून गर्ने विषयमा छलफल गरिएको मेयर सरावगीले बताए । छलफलमा वडा अध्यक्षहरुका अलावा बीरगन्ज महानगरपालिकाका पदाधिकारीहरुको समेत उपस्थिति थियो । जगरनाथपुरको बगैंचामा भएको छलफलमा लकडाउनको कारण उत्पन्न भएका कठिनाइहरुलाई सहज बनाउने विषयमा पनि चर्चा भएको जनाइएको छ ।

वडा नम्बर १७ देखि ३२ नम्बरका वडा अध्यक्षहरुसँग मेयर सरावगीले छलपल गरेका हुन् । छलफलमा ग्याँस, खाद्य सामाग्री तथा तरकारीलगायका सामग्रीहरुलाई हरेक गाउँमा पु¥याउने कार्यलाई व्यवस्थित रुपमा सन्चालनको जिम्मा वडाका प्रतिनिधिहरुलाई दिइएको हुदाँ व्यवस्थित रुपमा सो कार्य गर्न वडा अध्यक्षहरुसँग मेयरले आग्रह गरे । कोरोना सक्रमण रोकथामको लागि प्रत्येक वडामा गठित कोरोना महामारी रोकथाम समितिलाई ५० हजार रुपैंया उपलब्ध गराउने प्रक्रियालाई अगाडि बढाइएको नगर प्रमुख सरावगीले बताए ।

spot_img

ताजा अपडेट

लोकप्रिय