जनकपुरधाम, चैत १८ – प्रदेश सरकारले स्थापना गरेको कोरोना महामारी र न्युनिकरण राहत कोषमा सिटिजन्स र कृषि विकास बैंकले आर्थिक सहयोग गरेका छन् ।
कोरोना महामारी नियन्त्रण तथा यसका पीडितहरुलाई सहयोग गर्ने उद्देश्यका साथ प्रदेश सरकारले स्थापना गरेको राहत कोषमा सिटिजन्स बैंक र कृषि विकास बैंकले रकम जम्मा गरेका हुन् ।
सिटिजन्स बैंक प्रादेशिक कार्यालयले ७ लाख र कृषि विकास बैंकले ५ लाख सो राहत कोषमा जम्मा गरेका छन् ।
दुबै बैंकका प्रतिनिधिहरुले मंगलबार मुख्यमन्त्री लालबाबु राउतलाई चेक हस्तान्तरण गरेका हुन् ।

