दिल्लीको मरकजमा नेपाली पनि सहभागी भएको पुष्टि, २० जना भन्दा बढी सहभागी भएको आशंका

spot_img

नयाँदिल्ली चैत १८ — भारतको राजधानी नयाँदिल्लीमा निजामुद्दिन मस्जिदमा हालै सम्पन्न धार्मिक भेला (मरकज) मा नेपाली नागरिक पनि सहभागी भएको पुष्टि भएको छ । उक्त भेलामा नेपाली नागरिक सहभागी भएको पुष्टि भए पनि संख्या भने यकिन हुन सकेको छैन । त्यसबाहेक निजामुद्दिनस्थित मदरसामा केही नेपालीहरु विद्यार्थीहरु समेत अध्ययनरत थिए । दिल्लीस्थित नेपाली दूतावासले भेलामा सहभागीहरुको संख्या बीसभन्दा बढी रहेको प्रारम्भिक जानकारी प्राप्त भएको बताएको छ ।

‘अहिले हामीलाई २० जनाको सूची प्राप्त भएको छ तर, यो संख्या बढ्ने सम्भावना छ’ दूतावासका नियोग उपप्रमुख भरतकुमार रेग्मीले बताए । नेपालीहरुको स्वास्थ्य परीक्षणको विवरण भने प्राप्त हुन बाँकी नै रहेको छ । रेग्मीका अनुसार नेपालीहरुको स्वास्थ्य परीक्षण गरिएको तर, रिपोर्ट भने आइनसकेको बताए ।

५ देखि १३ मार्चसम्म चलेको उक्त भेलामा सहभागी करीब दुई हजारभन्दा बढी सहभागी थिए । जसमध्ये एक हजार ५ सयभन्दा बढी २४ मार्चअघि नै आ–आफ्नो गन्तव्यतर्फ गइसकेका छन् । तर देशव्यापी लकडाउनका कारण एक हजारभन्दा बढी त्यहीँ रोकिएका थिए । उक्त भेलामा १९ जना नेपालीहरु पनि सहभागी रहेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । उनीहरुको नेपाल फर्किसकेको वा दिल्लीमै रहेको भन्ने खुल्न सकेको छैन ।

जमातको मुख्यालय निजामुद्दिनमा बर्से्नि यस्तो भेला आयोजना हुँदै आएको छ । उक्त भेला बेंगलवाली मस्जिदमा हुने गर्छ । यो अन्तर्राष्ट्रिय केन्द्र पनि हो तकलीबी मरकजको । जसमा भारतका मात्र नभएर अन्य मुलुक मुसलमानहरु पनि सहभागी हुने गर्छन्। उनीहरु चार–पाँच दिन बसेर फर्किन्छन् ।

मार्चको दोस्रो साता पनि यस्तै किसिमको भेला आयोजना गरिएको थियो । जसमा ३ हजार ५ सय भन्दा बढी सहभागी थिए। र, नेपाललगायत इन्डोनेसिया, थाइल्याण्डबाट उपस्थिति थियो । २४ मार्चमा भारत सरकारले लकडाउन लागू गरेपछि तीमध्ये हजारभन्दा बढी त्यहीँ रोकिएका थिए ।

spot_img

ताजा अपडेट

लोकप्रिय