नारायणी अस्पताल स्वाब संकलन केन्द्र मात्र, केन्द्र प्रशासित नारायणी प्रदेशको प्राथमिकतामा परेन

spot_img

बीरगन्ज, १९ चैत्र -बीरगन्जस्थित नारायणी अस्पताल ज्वरोका बिरामीको स्वाब संकलन केन्द्र मात्र बनेको छ । केन्द्र सरकार अन्तर्गत गर्ने नारायणी अस्पतालमा पिसिआर मेसिनको अभावमा स्वाब संकलन मात्र भइरहेको छ । प्रत्येक प्रदेशमा पिसिआर मेसिन राखेर कोरोनाको परिक्षण प्रयोगशाला स्थापना गर्ने सरकारको तयारी छ । तयारी स्वरुप, पिसिआर मेसिन खरिदका लागि केन्द्र सरकारले हरेक प्रदेशलाई निर्देशन दिएको छ । प्रदेश सरकारले सो मेसिन खरिद गरे पनि प्रदेश सरकार अन्तर्गत नै पर्ने अस्पताललाई मेसिन प्रदान गर्नेछ । प्रदेश सरकारले प्रदेश नं. २ मा नारायणी पछिको अर्को ठुलो अस्पताल जनकपुर प्रादेशिक अस्पताललाई मेसिन प्रदान गर्न सक्ने नारायणी अस्पतालमा चिकित्सक डा. निरज सिंह बताउँछन् । प्रदेश नं. २ कै ठूलो अस्पताल बनाउने केन्द्रको योजना प्रदेश सरकार मार्फत कार्यन्वयन हुदाँ प्रदेशको प्राथमिकतामा नारयाणी अस्पताल परेको छैन ।

प्रदेश सरकारले नारायणी अस्पताललाई सो मेसिन नदिने भएकाले नारायणीमा स्वाब संकलन बाहेक परिक्षणको प्रक्रिया गर्न नसकिने उनको भनाई छ । जनकपुरमा पिसिआर मेसिन राखेर प्रयोगशाला स्थापना गर्दा सिरहा, सप्तरी, धनुषाका जनतालाई सहज हुने भएपनि पर्सा, बारा, रौतहटका जनता भने मर्कामा पर्ने छन् । स्वाब संकलन गरेर परिक्षणका लागि जनकपुर पठाउन समय लाग्ने र परिक्षणको रिर्पोट नआइकन थप उपचार अघि बढाउन नसकिने चिकित्सक बताउँछन् । कोरोनाको आशंकामा परिक्षणको रिर्पोट नआइन अरु रोगको उपचार पनि गर्न नसकिने भएको हुदाँ यस भेगका जनताको ज्यान जोखिममा परेको छ । स्मरण रहोस्, कोरोनाको आशंकामा स्वाब परिक्षण गरेर रिर्पोट ढिलो आउँदा अरु रोगको उपचार अभावमा केही व्यक्तिको मृत्यु भइसकेको छ ।

जनकपुरको तुलनमा बागमती प्रदेशको राजधानी हेटौंडामा स्थापित कोरोना परिक्षण केन्द्रमा स्वाब परिक्षण गराउन छिटो हुने भएकाले सो कुराको लागि पहल भइरहेको नारायणीका चिकिन्सक डा. सिंह बताउँछन् । ३ घण्टाको साटो १ घण्टामै हेटौंडा पुगेर स्वाब परिक्षण गराउन छिटो हुने उनको भनाई छ । हाल नारायणीमा फिभर क्लिनिक मात्र संचालन भएको छ । आइसोलेसन वार्डमा शंकास्पद बिरामीलाई राखिने गरेको छ । हाल, शंकास्पद बिरामीको स्वाब परिक्षणका लागि काठमाडौं पठाइने गरेको छ । हालसम्म स्वाब परिक्षण गरिएको कसैमा पनि पोजेटिभ नतिजा नदेखिएको डा. सिंहले जानकारी दिए ।

ज्वरो हरेक बिरामीलाई कोभिड १९ सँग जोडेर स्वास्थ्यकर्मीले उपचार नै नगर्नु गलत भएको सिंहको भनाई छ । नारायणी अस्पतालमा भने प्राथमिक रुपमा सबै परिक्षण गरेर अधिकांश कोरोनाका लक्षण देखिएका बिरामीको मात्र स्वाब संकलन गर्ने गरिएको उनले प्रस्ट पारे । सामान्य ज्वरोका बिरामीलाई आफ्नै घरमा बसेर नजिकका स्वास्थ्यकर्मी वा चिकित्सकसँग सिधै फोन गरेर सल्लाह लिन उनले सुझाव दिए । पीपीईको अभावका कुनै पनि स्वास्थ्यकर्मीले निर्धक्क रुपमा उपचार गर्ने वातावरण नभएकाले सरकारले यथासक्य सबै स्वास्थ्यकर्मीलाई पीपीई उपलब्ध गराउनु पर्ने सिंहले माग गरे । (मध्य नेपालले डा. निरज सिंहसँग लिएको अन्र्तवार्तामा आधारित)

spot_img

ताजा अपडेट

लोकप्रिय