मेयरलाई पार्टीले अब कुनै सहयोग गर्दैन : ईश्वर यादव

spot_img

बीरगन्ज, १९ बैशाख – तत्कालिन समाजवादी पार्टीका बीरगन्ज महानगर अध्यक्ष ईश्वर यादवले पार्टीले अब मेयर विजय कुमार सरावगीलाई कुनै सहयोग नगर्ने बताउनु भएको छ । मनोमानी ढंगले एकलौटि रुपमा कार्य गर्दै आएकाले अब उप्रान्त पार्टीले कुनै सहयोग गर्ने उहाँले बताउनुभयो ।

नेपाल पोष्ट डेलीसँग कुराकानी गर्दै यादवले अहिलेसम्म मेयर सरावगीले गरेका हरेक काममा साथ दिएको दाबी गर्दै मेयरले भने पार्टी तथा पार्टीका नेताहरुसँग कुनै सल्लाह नगर्ने गरेको आरोप लगाउनुभयो । मेयर सरावगी केवल दुई चार जनाको घेराबन्दी बसेर काम गरिरहेको र मेयरको यो शैली पार्टीका लागि घातक भएको यादवको भनाई छ ।

मेयर सरावगीले बीरगन्जबासीको विश्वास माथि कुठाराघात गरेको यादवको आरोप छ । पार्टी र प्रदेश सरकारसँग कुनै समन्वय नगरी मेयर अघि बढिरहेकोले यसले दुर्घटना निम्तिने उहाँको भनाई छ ।

करिब एक वर्ष पहिला काठमाडौं पुगेर अध्यक्ष उपेन्द्र यादव लगायतका नेतृत्वसँग पार्टीका नीति निर्देशन अनुसार चल्ने बाचा गरेका मेयरको मनोमानी शैली भने नफेरिएको यादवले बताउनुभयो । मेयर सरावगीको यो शैलीको विरुद्ध पार्टीले चाडैं नै कडा कदम उठाउने महानगर अध्यक्ष यादवले खुलासा गर्नुभयो ।

राहतमा कुहिएको चामल पठाएको विषयमा बोल्दै तत्कालिन समाजवादी पार्टीका बीरगन्ज महानगर अध्यक्ष यादवले मेयरले वडा अध्यक्षलाई फसाउने षडयन्त्र गरिरहेको आरोप लगाउनुभयो । राहतका लागि खाद्यान्न सामाग्री महानगरले नै किनिर बाँडिरहेकोमा कुहिएको चामल भेटिएको सम्बन्धमा निर्दोष वडाअध्यक्षलाई फसाउने प्रयास भइरहेको यादवले बताउनुभयो । साथै, राहत वितरण गर्दा बनाइएको समिति मार्फत चेकजाँच गरेर मात्र बाँड्नुपर्ने यादवको सुझाव छ ।

spot_img

ताजा अपडेट

लोकप्रिय