बीरगन्ज, २० बैशाख – प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले जनता र मुलुकको पक्षमा कलम चलाउन सन्चारकर्मीलाई आग्रह गर्नुभएको छ ।
विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा आज एक शुभकामना वक्तव्य जारी गर्दै उहाँले यस्तो आग्रह गर्नुभएको हो । उहाँले निर्भिक, निष्पक्ष र भयरहित भई कलम चलाउन आग्रह गर्दै दिवसको अवसरमा सन्चारकर्मीहरुलाई शुभकामना दिनुभएको छ ।
साथै, मुख्यमन्त्री राउतले लोकतन्त्रको माइल स्टोन मानिने प्रेस स्वतन्त्रतालाई दृढ संकल्पित बनाउन पनि संचारकर्मीहरुलाई आग्रह गर्नुभएको छ ।

