बीरगन्ज, ३० बैशाख – सरकारले लकडाउनलाई थोरै फितलो बनाएर केही अत्यावश्यक सेवा लगायतका क्षेत्रलाई सन्चालनको अनुमति दिए पनि पर्साको बीरगन्जमा भने पुस्तक पसलहरु पनि निर्वाध खुलिरहेका छन् ।
बीरगन्जका केही पुस्तक तथा स्टेशनरी पसलेहरुले लकडाउनमा सरकारी निर्देशनको धज्जी उडाउदैं पसल खोलेर बसेका छन् । सरकारले लकडाउनको बेलामा अत्यावश्यक वस्तुहरुको सेवा सुचारु गर्न भनेको भए पनि बीरगन्जमा केहि पुस्तक बिक्रेताहरुले पनि पसलहरु खोलेर कोरोना महामारी फैलने जोखिम बढाएको स्रोतको दाबी छ ।
पसल खोले मात्रै त ठिकै हो । तर बीरगन्जको घण्टाघरस्थित रहेको लक्ष्मी पुस्तक पसलले त छपकैयाका बस्ने सेल्सम्यानहरुलाई नै बोलाएर काममा लगाएको छ । जहाँबाट पछिल्लो पटक एकै चोटि १७ कोरोना संक्रमित भेटिएका थिए । सोही दिनबाट स्थानीय प्रशासनले बीरगन्जको वडा नं. १, २ र ३ तीन वटै वडालाई सिल गरेको थियो । तर सिल गरिएको वडाबाटै पसलले सेल्सम्यानलाई काममा बोलाएको विषय र सिल गरिएको वडाबाट कसरी मानिस बाहिर आए, स्थानीय प्रशासनको दाबी माथि पनि प्रश्न उठेको छ ।
पुस्तक व्यवसायीहरुले आफ्ना सेल्समैनहरुलाई बोलाएर दिनहँु पसल खोल्ने गरेको स्रोतको दाबी छ । त्यसैगरी, जिल्ला प्रशासन कार्यालय पर्साको छेउमै रहेको पुजा पुस्तक पसल तथा गणेश पुस्तक पसल र पानीटंकीमा रहेको पटेल स्टेशनरीले पनि लकडाउनको अबज्ञा गर्दै पसल खोलिरहेका छन् । पसलका धनीहरुले दिउँसै पसल खोली समान बिक्री–वितरण गर्ने गरेका छन् ।
सरकारले स्कुल कलेज खोल्नेबारे अहिले सम्म कुनै ठोस निर्णय गरेको छैन् । नयाँ शैक्षिकसत्र पनि शुरु हुन नसकेको अवस्थामा यसरी पुस्तक पसल खोल्नु सरकारी निर्णयको उल्लङ्घन गर्नु र कोरोनाको जोखिम बढाउन लागि परेको पुस्तक वितरक संघका एक जना पदाधिकारीको भनाई रहेको छ ।
नाम नछाप्ने शर्तमा उनले पुस्तक वितरक संघले पनि पुस्तक पसल तथा स्टेशनरी खोल्नेबारे कुनै हाल सम्म कुनै निर्णय नगरेको कारण पसल खाल्ने त्यस्ता वितरकहरुलाई कारवाहीको दायरामा स्थानिय प्रशासनले ल्याउनुपर्ने बताए ।
फाइल फोटो



