बीरगन्जका बैंक : ग्राहकको स्वास्थ्य सुरक्षामा दिनु पर्दैन ध्यान ?

spot_img

बीरगन्ज, १९ जेठ – राष्ट्र बैंकले पूर्ण सावधानीका साथ बैंक खोल्न निर्देशन जारी गरेको भए पनि बीरगन्जका बैंकहरुले लापरवाही देखाएका छन् । कर्मचारी तथा कैसियरहरुले आफ्नो सवधानी अपनाएको भए पनि ग्राहकको स्वास्थ्य सुरक्षालाई भने बैंकहरुले बेवास्ता गरेको पाइएको छ । लामो समयदेखि बन्द रहेको बैंक पछिल्लो समयमा खुलेको भए पनि बैंकहरुले आफ्नो मात्र स्वास्थ्य सुरक्षा हेरेर सेवा प्रदान गरिरहेको देखिएको छ । सेवा प्रदान गर्दा बीरगन्जका बैंकहरुले कुनै किसिमको सामाजिक दुरीको पालना गरिएको गरेका छन् न गराएका छन् ।

ग्राहकसँग दुरी बनाएर बैंकरहरुले सेवाग्राहीलाई घण्टौं लाइनमा लगाउनुको साथै बैंक भित्र अनावश्यक भिडभाड गराएको देखिएको छ । बीरगन्ज बैंकहरुको यो रवैयाका कारण कोरोना फैलिने खतरा बढेको सचेत नागरिकहरुको भनाई छ । बैंक खुले पनि बैंक व्यवस्थापन राम्रो नभएको तथा बैंकमा घण्टौ कुर्नु पर्ने समस्या रहेको सेवाग्राहीहरु बनाई छ । छिटोछरितो रुपमा सेवा प्रदान नगर्ने कारणले पनि ग्राहकको भीड बढी देखिएको पाइएको छ ।

बैंक खुलेसँगै बैंकको कार्यालय भित्र सामाजिक दुरी धज्जी उडेको सहजै देखिन सकिन्छ । बीरगन्जको प्राय बैंकहरुको अवस्था यस्तै रहेको छ । बीरगन्जमा रहेको सिद्धार्थ बैंक, सानिमा बैंक, मेघा बैंक, सनराईज बैंक, ग्लोबल आइएमी बैंक, एसबीआई लगायतका बैंकहरुले ग्राहकको स्वास्थ्य माथि गम्भीर खेलवाड गरेको देखिन्छ ।

पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित बस्नेतले यसमा ग्राहकहरु पनि अलि सचेत हुनुपर्ने बताए । उनले बैंकलाई आवश्यक सावधानी अपनाउन भनिएको भए पनि ग्राहक पनि आफ्नो स्वास्थ्यको विषयमा सजग हुनु पर्ने उनको भनाई छ । यद्यपि, त्यसरी ग्राहकको स्वास्थ्यलाई ध्यान नदिने बैंकको निगरानी गरिने उनले बताए ।

यस बिषयमा बैंकर्स एसोसिएसन बीरगन्जका अध्यक्ष रोशन कुमारले बैंकहरुले सावधानी अपनाएको बताए । “एक त राज्यले आलोपालोमा थोरै कर्मचारी मात्र कार्यालयमा बोलाउने भनेको छ, त्यसमाथि सवारी पासको समस्या छ, ग्राहकहरुले पनि त्यति ध्यान दिदैंनन्” उनले भने । बैंकले सावाधानी नपाएको होइन तर कतिपय बैंकहरुको कार्यालय नै अलि साँगुरो भएको तथा ग्राहकहरुले पनि गार्डहरुको कुरा नटेर्दा समस्या सृजना गरेको उनले बताए । तर बैंकहरुले राष्ट्र बैंकले जारी गरेको निर्देशन तथा स्थानिय प्रशासनको निर्देशनलाई पालना गरेरै काम गरिरहेको उनले दाबी गरे ।

spot_img

ताजा अपडेट

लोकप्रिय