जनकपुर: जनकपुर उपमहानगरपालिका १९ स्थित बेंगाशिवपुरमा विवादित जग्गामा सडक निर्माण सुरु गरेपछि स्थानीयहरुले विरोध गरेका छन् ।
त्यहाँ का स्थानीय मन्दिर समेत गरी तीन पक्षले आ आफ्नो दावी गर्दै आएको जग्गामा एकतर्फी सडक निर्माण थालिएको भन्दै स्थानीयहरुले विरोध गरेका हुन् । एकतर्फी जर्बजस्ती रुपमा सडक निर्माण सुरु गरिएको भन्दै स्थानीयहरुले अवरोध गरेपछि सोमवार विवाद समेत भएको थियो ।
जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरीको टोली त्यहाँ पुगेपछि विवाद सामानय भएको थियो । प्रहरीले सो विषयमा छलफलकालागि स्थानीय तथा जग्गाधनी दावी गर्ने पक्षलाई छलफल का लागि बोलाएको धनुषाका प्रहरी नायव उपरिक्षक रामेश्वर कार्कीले जानकारी दिएका हुन् ।
अदालतले सो विवादित जग्गाको सन्दर्भमा फरक फैसला सुनाएपछि यो मुद्दा अब सर्वोच्च अदालतमा विचाराधीन अवस्थामा हुने बताइए का छन् ।

