सप्तरीमा आगलागी हुँदा सात लाखभन्दा बढीको क्षति

spot_img

सप्तरी,१४ वैशाख । सप्तरीको राजविराज नगरपालिका–६ मा आइतबार राति भएको आगलागीबाट करिब ७ लाख ६० हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ।

प्रहरीका अनुसार स्थानीय सुदीप कुमार गुप्ताको घरमा विद्युत् सर्ट भएर आगलागी भएको हो। आगलागीका कारण घरभित्र रहेका लत्ताकपडा, सुनचाँदी, नगद, फर्निचर तथा मोबाइल जलेर नष्ट भएका छन्।

जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक डम्बर बहादुर पुरीका अनुसार करिब २ लाख बराबरका कपडा, १३ आना सुन (करिब २ लाख रुपैयाँ), १७ आना चाँदी (करिब ३४ हजार रुपैयाँ), १ लाख ५१ हजार नगद, १ लाख ५० हजार बराबरका फर्निचर र करिब २५ हजार मूल्यका मोबाइलमा क्षति पुगेको छ।

स्थानीयवासी र नेपाल प्रहरीको संयुक्त प्रयासमा आगो नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय