त्रिविको जग्गा फिर्ता अभियान तीव्र, क्यानसहित १८ संस्थालाई ३५ दिनको अल्टिमेटम

spot_img

काठमाडौं,१४ वैशाख । त्रिभुवन विश्वविद्यालयले आफ्नो स्वामित्वमा रहेको जग्गा खाली गर्न विभिन्न संघ–संस्थालाई कडा निर्देशन दिएको छ। विश्वविद्यालयले नेपाल क्रिकेट संघ (क्यान) सहित १८ संस्थालाई ३५ दिनभित्र जग्गा खाली गर्न अल्टिमेटम दिएको हो।

विश्वविद्यालयका अनुसार कीर्तिपुरस्थित क्रिकेट रंगशालासँगको सम्झौता अब नवीकरण नहुने निर्णय गरिएको छ। सोही आधारमा क्यानलाई समेत जग्गा खाली गर्न पत्राचार गरिएको त्रिविका सामान्य प्रशासन महाशाखा प्रमुख राजबहादुर राईले जानकारी दिए।

त्रिविले यसअघि नै आफ्ना अतिक्रमित तथा प्रयोगमा रहेका जग्गा फिर्ता ल्याउने उद्देश्यले सूचना जारी गरिसकेको थियो। अहिले सोही अभियानअन्तर्गत विभिन्न निकायलाई छुट्टाछुट्टै रूपमा खाली गर्न निर्देशन दिइएको छ।

जग्गा खोजबिन समितिको प्रतिवेदनले विश्वविद्यालयका करिब २ हजार रोपनीभन्दा बढी जग्गा अनधिकृत रूपमा विभिन्न निकायको प्रयोगमा रहेको देखाएको छ। प्रतिवेदनअनुसार कीर्तिपुर क्षेत्रमै ठूलो मात्रामा जग्गा संघ–संस्था र अन्य निकायले प्रयोग गर्दै आएका छन्।

पूर्व शिक्षामन्त्री महावीर पुनले सार्वजनिक गरेको प्रतिवेदनमा विश्वविद्यालयकै पदाधिकारी र कर्मचारीको मिलेमतोमा जग्गा कब्जा भएको उल्लेख गरिएको छ।

त्रिविको यो कदमलाई विश्वविद्यालयको सम्पत्ति संरक्षण र अतिक्रमण नियन्त्रणतर्फको कडा प्रयासका रूपमा हेरिएको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय