२५ वर्ष कैद सजाय तोकिएका फरार प्रतिवादी बीरगन्जबाट पक्राउ

spot_img

बीरगन्ज,१४ वैशाख । अपहरण र कर्तव्य ज्यान मुद्दामा २५ वर्ष कैद सजाय तोकिएका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ।

बीरगन्ज महानगरपालिका–२४ रामगढवाबाट पक्राउ पर्ने व्यक्ति भारत बिहार घर भएका ३० वर्षीय विकाश शर्मा रहेका छन्। प्रहरीका अनुसार अदालतले उनलाई २५ वर्ष कैद सजाय हुने फैसला सुनाइसकेको थियो।

उनी २०८२ भदौ २४ मा भएको जेनजी आन्दोलनका क्रममा केन्द्रीय कारागार जगन्नाथदेवलबाट फरार भएका थिए। आइतबार पक्राउ परेपछि उनलाई कारागार पठाउने प्रक्रिया अघि बढाइएको हरि बहादुर बस्नेतले जानकारी दिएका छन्।

प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय