जनकपुर : शुक्रबारकाे वर्षाका कारण जलेश्वर नगर का विभिन्न भुभाग जलाशयमा परिणत भएकाे छ । वर्षाका कारण नगरका विभिन्न भेगमा वर्षाकाे पानी जम्दा सर्वसाधारणलाइ आवतजावत गर्न समस्या भएकाे छ ।
वर्षाकाे पानि बगाउन केही समय अघि मात्रै ढल निर्माण कार्य सम्पन्न भएपनि साे ढलले वर्षाकाे पानी बगाउन नसक्दा नगरका विभिन्न भुभाग डुबानमा परेकाे छ ।
नगरलाइ डुब्नबाट जाेगाउन प्रत्येक वर्षा ४० देखी ७० कराेड सम्म बजेट खर्च भएपनि नतिजा शुन्य देखिन्छ ।
नगर बिस्तार तथा सुधारका नाममा वर्षेनी कराेडाैँ भ्रष्टाचार भइरहेकाे स्थानियहरूकाे गुनासाे छ।

