जनकपुर: विश्व पर्यावरण दिवसको अवसरमा प्रदेश २ को आठवटै जिल्लामा वृक्षारोपण गरिएको छ ।
आज लगातार वर्षातका बाबजुद पनि मानव अधिकार एवं कैदी बन्दी न्यायिक सरोकार मञ्च प्रदेश २ को आयोजना र राष्ट्रिय युवा सञ्जालको समन्वय तथा जिल्ला वन बिभागको सहयोगमा प्रदेश २ को आठ वटै जिल्लामा सामाजिक दुरी कायम गर्दै वृक्षारोपण गरि पर्यावरण दिवस मनाइएको छ ।
धनुषाको जनकपुरधाममा मञ्चका पदाधिकारीहरु रामानन्दचौक स्थित आमाको माया छात्राबासमा गएर वृक्षारोपण गरेका छन् ।
प्रदेश सांसद एवं स्वच्छता अभियानी रामअशिष यादव, मञ्चका केन्द्रिय सहसचिव अभिषेक अग्रवाह, समाजसेवी प्रभु दयाल जालान सहितको उपस्थितीमा वृक्षारोपण कार्यक्रम गरेका छन् र साथै वृक्षारोपण कार्यक्रममा मञ्च, सञ्जाल र विभागका समेत प्रतिनिधीहरुको सहभागिता रहेको थिए ।
साथै प्रदेश २ का अन्य जिल्लाहरुमा समेत दिवसकै अवसरमा तत जिल्ला स्थित मञ्चका पदाधिकारी र सदस्यहरुले वृक्षारोपण गरेका छन् ।
प्रदेश नं २ का मानव अधिकार तथा कैदी बन्दी न्यायिक सरोकार मञ्च का माहा सचिव मयंक गाडिया जानकारी गराउनु भयो ।

