जनकपुर : गएराति जनकपुरस्थित दशरथ तलाउमा नवजात शिशुकाे शव भेटिएकाे छ । पगलाबाबा धर्मशाला अगाडि को घाट निर शिशुकाे शव पानीमा तैरिरहेकाे अवस्था भेटिएका हाे ।
पानीमा भेटिएकाे उक्त शवकाे केही भाग माछाले खाइसकेकाे अवस्थामा छ ।
स्थानिय बासिन्दाहरूका अनुसार यहाँ यस्ता प्रकृतिका घटना निरन्तर रूपमा हुँदै आएका छन् । तर, यसकाे जडा पत्ता लगाउन स्थानिय प्रशासन उदासिन छ ।
प्रहरीका अनुसार हाल अनुसन्धान सुरू भएकाे र दाेषी पत्ता लगाइ कारबाही गरिने छ ।

