जनकपुरधाम, २४ जेठ – जनकपुर प्रादेशिक अस्पतालको आइसोलेशनमा उपचार भइरहेका मध्ये १५ जना कोरोना संक्रमित उपचार पश्चात् निको भएर डिस्चार्ज भएका छन् ।
शुक्रवार साँझ सर्लाहीका १४ जना र जनकपुरका १ जना गरि १५ जना कोरोनालाई जितेर घर फर्किएको प्रादेशिक अस्पतालका निमित मेडिकल सुपरिटेन्डेन्ट डा. जामुनप्रसाद सिंहले जानकारी दिनु भयो ।
यस अघि सो अस्पतालबाट ८ जना कोरोना संक्रमितहरू उपचार पश्चात् निको भएर घर फर्कि सकेका छन् ।

