जनकपुर : गाइ काट्न पाइदैन भन्दै जनकपुरमा आइतबार युवाहरूले प्रदर्शन गरेका छन् ।
जनकपुरको स्टेशन एरियादेखि भानुचोकसम्म भएकाे विराेध प्रदशर्नका क्रममा युवाहरूले हिन्दु एकता जिन्दावाद, जय श्री राम जस्ता नारा लेखिएका प्लेकार्ड बाेकेका थिए ।
विराेधका क्रममा प्रहरी हस्तक्षेप भएका कारण केही बेर अवस्था तनावग्रस्त भएकाे थियाे ।
जेठ २२ गते विरटनगरमा मा भैंसीको भन्दै गाई काटेर मासु बिक्री गरेको भन्दै सोही आरोपमा युवाहरुले गाई काटन पाउँदैन भन्दै नारा घन्काएका हुन् ।
प्रदेश नं. १ को मोरँग जिल्ला विराटनगर वडा नं. १७ मा गाई काटेर मासु विक्री गरेको विरोधमा युवाहरुले जुलुस प्रदर्शन गरेपछि प्रहरीले हस्तक्षेप गरेको हो । किमा गाईको मासु बेचेको आरोपमा स्थानीय २८ वर्षीय सोहिल मियाँलाई पक्राउ गरी कारवाही प्रक्रिया अगाडी बढाएको हो ।
गाई काटेर मियाँले भैँसीको मासू भनेर बेच्दै गर्दा १० किलो गाईको मासू सहित पक्राउ परेका थिए । सोही विरुद्धमा जनकपुरका युवा सुभाष कुवँरको नेतृत्वमा दर्जन बढी युवाहरुले नाराजुलुस गरेका छन् ।
र गत जेठ २१ गते राती नै मासु काटेकाहरूले धेरै मासु भने भैंसीको भन्दै बिक्री गरिसकेका थिए । स्थानीयले सूचना दिएपछि पुगेको प्रहरीले मियाँलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ ।
मियाँलाई पशुपन्छीसम्बन्धी कसुर ऐनको आधारमा म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको जनाइएको छ ।

