वीरगञ्ज : कोरोनाभाइरस महामारी रोकथाम तथा नियन्त्रणमा सरकारले प्रभावकारी काम गर्न नसकेको विरोधमा वीरगञ्जमा युवाहरूले विराेध गरेका छन् ।
विभिन्न पेशामा आबद्ध युवाहरूकाे सक्रियतामा बिहीबार वीरगञ्जमा विराेध प्रदर्शन गरिएकाे छ ।
घण्टाघर चाेकमा विराेध प्रदर्शन गर्ने पुर्व तयारी भएपनि प्रशासनकाे अवराेधका कारण आदर्शनगर चाेक देखी महाबिर स्थान चाेकसम्म प्रदर्शन गरिएकाे थियाे ।
प्रदर्शन अगावै प्रहरीले घण्टाघर चाेक पुग्ने सबै बाटाे उच्च पहराका साथ बन्द प गराइदिएकाे थियाे ।
आदर्शनगर चाेकमा भेला भएर सामाजिक दुरीका साथ युवाहरूले प्रदर्शन सुरू गरेका थिए ।
आत्महत्या दर हेर सरकार – प्रतिराेधात्मक क्षमता हाेइन, नाे पिसिआर – नुन तेल बेसार -काेराेनाकाे उपचार, सरकार मुर्दाबाद, सरकार १० अर्ब खै?, प्रहरी हाम्राे साथी हाे-साथीलाइ कुट्न पाइदैन लगायतका नारा लेखिएका प्लेकार्ड सहित युवाहरू प्रदर्शनमा उत्रिएका थिए ।
आदर्शनगर चाेक देखि महाबिरस्थान चाेकसम्म भेला भएका युवाहरूले सरकार विरूद्ध चर्काे नाराबाजी गरेका हुन् ।
सरकारले कोभिड-१९ महामारीविरुद्ध १० अर्ब खर्च भएको बताएको छ। तर, क्वारेन्टाइन व्यवस्थित हुन सकेको छैन।परीक्षणको दायरा कम छ। क्वारेन्टाइनमै मृत्यु हुनेको संख्या बढ्दो छ। त्यस्तै ८० औं दिनसम्मको लकडाउनले निम्नमध्यम र मध्यमवर्गको आयस्रोत ठप्प भएको छ। यी सबै आक्रोश प्रदर्शनमा पोखिएको हो।
आरडीटी परीक्षण रोक्नुपर्ने, स्वास्थ्य सामग्री खरिदमा भएको अनियमितता छानवीन गर्नुपर्ने, पीसीआर परीक्षणको दायरा बढाउनुपर्ने, राहत वितरण प्रभावकारी हुनुपर्ने माग राख्दै सर्वसाधारण युवा सडकमा उत्रिएका हुन्। सामाजिक सञ्जालमा गरिएको आह्वानबाटै युवाहरू सडकमा उत्रिएका थिए।
आदर्शनगर – महाबिरस्थान हुँदै घण्टाघर तीर अघि बढ्नै लागेकाे युवाहरूकाे प्रदर्शनलाइ प्रहरीले महाबिर चाेकभन्दा अगाडी बढ्न दिएकाे थिएन ।
सरकारकाे ढिलासुस्ती र भ्रष्टाचारकाे विरूद्धमा भएकाे प्रदर्शन शान्तिपुर्ण रूपमा सम्पन्न भएकाे छ ।

















