प्रतिनिधिसभा पुनर्स्थापनाका लागि निर्णायक आन्दोलन आवश्यक : विष्णु पौडेल

spot_img

काठमाडौँ,०२ मंसिर । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले वर्तमान परिस्थितिमा निर्णायक आन्दोलनको माध्यमबाट प्रतिनिधिसभा पुनर्स्थापना गर्नुपर्ने आवश्यकता औंल्याएका छन्। मंगलबार एमाले संसदीय दलको बैठकमा बोल्दै उनले प्रतिगमनका विरुद्ध निर्णायक कदम चाल्नु अब अनिवार्य भएको बताएका हुन्।

पौडेलले भने, “प्रतिगामी क्रियाकलापका विरुद्ध हामी सङ्गठित भएर जनतामा जाने, जनतालाई सङ्गठित गर्ने र निर्णायक आन्दोलनको बलमा प्रतिनिधिसभा पुनर्स्थापना गर्ने निर्णय गरिसकेका छौं। अहिले प्रतिगमनको विरुद्ध प्रतिनिधिसभा पुनर्स्थापना गर्नु नै आवश्यकता हो।”

उनले यसका लागि एमाले मात्र नभई अन्य राजनीतिक दल र आम जनसमुदायलाई पनि सहभागी गराउँदै खरो रूपमा आन्दोलनमा उत्रनुपर्ने औँल्याए। पौडेलले जनताको सङ्गठित शक्ति नै यो लक्ष्य पूरा गर्ने प्रमुख माध्यम हुने बताए।

spot_img

ताजा अपडेट

लोकप्रिय