धनुषा : धनुषाको गणेशमान चारनाथ नगरपालिका वार्ड नं ५ को ऐलानी कामी टोलका सडक ढलान आज देखि सुरु भएको छ ।
नेकपाका नेता प्रदेशसभाका सांसद किशोरी साह कमल ४५ लाखको संसदिय कोषबाट सडक ढलान कार्यको शुभारम्भ गरिएको हो ।
यसरी कामी टोलमा पहिलो पटक सडकमा ढलान कार्यको शुभारम्भ भएपछि त्यहाँ का स्थानियबासिन्दाहरु खुशी गढ-गढ भएका छन् ।
यस कामी टोलमा सडक ढलानको शुभारम्भ कार्यक्रममा गणेशमान चारनाथ नपाका नेकपा अध्यक्ष महेशलाल यादव, नेता दुर्गाबहादुर मल्ल, पुर्शोत लामा, समाजसेवि लगायतका व्यक्तित्वहरुको उपस्थिति थिए ।

