जनकपुर : प्रदेश नं 2 को राजधानी जनकपुरधाम आज शनिवारका दिन पर्यावरण संरक्षण को संदेश स्वरूप आज बिहान करिब ५ दर्जन भन्दा बढी साइकलहरु एकै साथमा जनकपुरधाम अन्तरगृह परिक्रमा गरियो ।
जनकपुरधाम को रेलवे स्टेशन बाट साइकल रयाली को माध्यम ले “पर्यावरण जोगाऔं विश्व बचाउ” भनी नाराका साथ ब्यानर तथा प्लेक्याड कार्ड बोकी संदेश लिई साइकिल रैली रेलवे स्टशन बात शुरू भई भानु चोक, मुरली चोक ,भमर्पुरा चोक, परिक्रमा रोड,पिडारी चोक, मिल्स एरिया, शिव चोक, जानकी मन्दिर हुँदै पुन रेलवे स्टेशन मा साइकल रैलीली समाप्त गरियो।
यस साइकल रैलली मा हरुको मनोबल बढाउन र साथ दिन क्लिन एण्ड ग्रिन जनकपुर तथा प्रदेश नं 2 का सांसद राम असिस यादव , अमर चन्द ,वार्ड नं १को अध्यक्ष सत्रुधन साह, वर्ड नं २ का सदस्य अमित कुमार,राष्ट्रिय युवा परिषद र संघीय युवा संजाल प्रदेश नं २ का इन्चार्ज रोकी प्रसाद साह , Anti- plastic man कृष्ण चन्द ,बज रंग यादव लगायत सम्पूर्ण युवा अभियानीहरु उपस्थित भएका थिए ।

