जनकपुरधाम : लामो समय देखिको लकडाउनका कारण जनकपुर को जीवन शैलीमा धेरै परिवर्तन आएकाे देखिएकाे छ ।
सरकारले लकड़ाउनलाई खुकुलो बनाउने निर्णय गरेसँगै यतिबेला जनकपुरमा चहलपहल बढेर गएको छ । अहिले सड़कमा गाड़ीहरु अन्य बेला भन्दा बढ़ी चलेका छ र न्वित्तीय कारोबार हुने स्थानहरु बैंक, सहकारी लगायतको ठाउँमा तुलनात्मक रुपमा उल्लेख्य भीड़भाड़ देख्न सकिन्छ ।
अरु दिनको तुलामा र समय बिहानदेखि १२ बजेसम्म खुल्ने पसलहरु आज बिहान 5 बजे देखि नई थपेर बसेको देखियो । जनकपुरधाम मा अहिल सैलुन, सिनेमाहल, जिमखाना, होटलहरु अहिले सञ्चालन आएका छैन ।
जनकपुरका मुख्य चौकहरु भानुचौक, शिवचौक, पीडारी चौक, रामाननद चौक, विद्यापति चौक, श्याम चौक समग्रमै खुलिसकेका छन् । विभिन्न पसलहरु मा सञ्चालकदेखि ग्राहकसम्म सबैले मास्क अनिवार्य लगाएको देखिन्छ भने पसल-पसलमा सेनिटाइजर राखिएको छ सरकारले गरेको निर्णय अनुसार, विद्यालयहरु भने अझै पूर्ण रुपमा बन्द छन्।
जनकपुरको प्राचीन तथा एतिहसिक जानकी मन्दिर भने अहिले बन्द छ ।
लकडाउनबीच ८० दिनदेखि जानकी मन्दिरकाे मुख्य द्वारमा ताल्चा नै लागाएकाे छ । तर मन्दिरको ऊतरतर्फ को ढोका खुल्ला रहेको र श्रद्धालुहरु दर्शन गर्न जाने गरेको दृश्य सहजै हेर्न सकिन् ।
अहिले कोरोना कहरले प्रदेश २ मा अझै बढ्दै गएको तथ्यांकले देखाउँदै छ । यहाँका स्थानीय जनकपुरवासीको भनाइ अनुसार अहिले संक्रमण जति बढेको छ ।
सरकारले यो बेला लकडाउन झन कड़ा गर्नुपर्छ ।

