विभिन्न मठ तथा मन्दिरलाई सुचारू गर्न हिंदु परिषद नेपालद्वारा ज्ञापन पत्र बुझाइयो

spot_img

जनकपुर: जनकपुर का विभिन्न मठ मन्दिरहरु लाई सुचारू गर्न हिंदु परिषद नेपाल जनकपुर नगर कमिटीद्वारा धनुषाका सीडीओ कोषहरि निरौलालाई ज्ञापन पत्र बुझाएका छन्।

लॉक डाउनका कारण विशेष भिडभाड हुने स्थानहरूमा प्रवेश आगमनलाई निषेध गरिएको थियो। कोविड-१९ को बढ्दो प्रभावले गर्दा मठमन्दिरहरूमा समेत आवागमन निषेध गरिएको थियो।

सेनिटाइजेशन सहित कोविडबाट बच्न अपनाउँदै र सुरक्षित व्यवस्थापनका माग सहित सुचारू गर्न ज्ञापन पत्रमा उल्लेख गरेका छन् l

जनकपुरको सम्पूर्ण मठ मन्दिर समेत भक्तजनहरुको निम्त्ति सुचारू गर्नपर्ने माग परिषदले ज्ञापन मॉर्फत गरेका छन।

spot_img

ताजा अपडेट

लोकप्रिय