जनकपुर: एकवर्ष अघि अंचल अस्पतालबाट प्रादेशिक अस्पतालमा रुपान्तरण भएको जनकपुर अस्पताललाई स्वास्थ्य विज्ञान प्रष्ठिानमा रुपान्तरण हुने भएकाे छ ।
प्रदेश सरकारको आ.व. २०७७।०७८ को बजेटमा जनकपुर का प्रादेशिक अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रुपान्तरण गर्ने प्रदेश सरकारले घोषणा गरेका छन् ।
त्यसको लागि प्रदेश सरकारले ५५ करोडड ५३ लाख रुपैयाँ विनियोजन गरेका छन् ।
यसैगरी प्रदेशमा रहेका जिल्ला अस्पताललाई स्तरोन्नति गरी २ सय सैय्याको आधुनिक सुविधासम्पन्न अस्पताल बनाउने घोषणा गरी बजेट छुट्याएको छन्।

