कानुन विपरित बजेट ल्याउन खोजेको भन्दै वडाध्यक्षहरूद्वारा विराेध

spot_img

जनकपुर: जनकपुृुरधाम का वडाध्यक्षहरु विरोधमा उत्रेका छन्।

उपमहानगरपालिकाले कानुन विपरित मनोमानी ढंगले वार्षिक बजेट ल्याउन लागेको भन्दै वडाध्यक्षहरु विरोधमा उत्रिएका हुन् ।

स्थानीय संचालन ऐन २०७४ बमोजिम विगतका आय–व्यय वडा बजेट ऐन बमोजिम श्रोत समितिबाट निर्णय भई कार्यपालिकाको वैठकमा पेस भई पास गरी मात्र सिलिंग पठाउने ऐनमा व्यवस्था रहेकोमा प्रक्रिया मिचेर बजेट ल्याउन लागेको भन्दै वडाध्यक्षहरुले सोमबार उपमहानगरपालिकामा ज्ञापन पत्र बुझाएका छन् ।

उपमहानगरप्रमुख लाल किशोर साहले कानुनको खिल्ली उडाउँदै बजेट ल्याउन लागेको उनीहरुको आरोप छ ।

उपमहानगरका निमित्त प्रशासकीय अधिकृत मिहिलाल यादवले बुझेको वडाध्यक्षहरुको ज्ञापनपत्रमा ‘चलानी नम्बर ५७२४ मिति २०७७ जेठ २८ गतेको पत्रमा आर्थिक वर्ष ०७७÷०७८ को वार्षिक नीति कार्यक्रम तथा बजेटको सिलिङ सम्बन्धमा पत्र प्राप्त भई सो पत्रमा वडा अन्तर्गतको संचालन हुने वडास्तरीय कार्यक्रमको विवरण ७ दिन भित्र भएको आदेश पठाउन आफैमा गैरकानूनी रहेको देखिन्छ’ ज्ञापनपत्रमा उल्लेख गरेका छन् ।

ज्ञापन पत्रमा जनकपूरधाम उपमहानगरपालिका वडा नम्बर १ अध्यक्ष सत्रुधन साह, वडा नम्बर २ अध्यक्ष शिवकुमार साह, वडा नम्बर ३ का अध्यक्ष दिपेन्द्र साह, वडा नम्बर ४ का अध्यक्ष सुदर्शन सिंह, वडा नम्बर ७ का अध्यक्ष जानकीराम साह, वडा नम्बर ९ का अध्यक्ष परमेश्वर साह, वडा नम्बर १० का अध्यक्ष मिथिलेश कर्ण, वडा नम्बर १३ का अध्यक्ष सत्यनारायण मण्डल, वडा नम्बर १९ का अध्यक्ष जगदीश यादव रहेका छन् ।

नगरका बोर्ड सदस्यहरुले समेत ज्ञपानपत्रमा हस्ताक्षर गरेका छन् ।

spot_img

ताजा अपडेट

लोकप्रिय