जनकपुर : धनुषाकाे सहिद नगरपालिकामा रहेकाे क्वारेन्टाइनमा आन्दाेलन सुरू भएकाे छ।
क्वारेन्टाइनमा हुनुपर्ने आधारभुत व्यवस्था समेत नभएका कारण आन्दाेलन मा उत्रिन बाध्य भएकाे क्वारेन्टाइनमा रहेकाहरूकाे भनाइ छ ।
सहीद नगरपालिका वडा ३ यदुकुहाको क्वेरन्टाइनमा रहेकाहरूले आफुहरूलाइ दिइएकाे खाना अस्वस्थकर र गुणस्तरहीन भएकाे गुनासाे गरेका छन् ।

