बाराको विश्रामपुरमा स्थानियहरुले सडकमै धान रोपेर बिरोध प्रदर्शन गरे

spot_img

बारा,१९ असार – स्थानिय सरकारले सडक निर्माणमा ध्यान नदिएको भन्दै बाराको कलैंया उपमहानगरपालिकाको एक टोलमा स्थानियहरुले सडकमा धान रोपेको घटना सेलाउन नपाउँदै बाराको अर्को स्थानिय पालिका विश्रामपुर गाउँपालिकाका जनताहरुले पनि बिरोध स्वरुप मुख्य सडकमै ट्रक्टरले जोताई गरी धान रोपेका छन् ।

बाराको विश्रामपुर गाउँपालिका वडा नं. ५ का स्थानिय जनताहरुले सडकमै धान रोपेर बिरोध प्रदर्शन गरेका छन् । गाउँपलिकाका अध्यक्ष अमिरीलाल पाल तथा वडा अध्यक्ष समेतको लापरवाहीका कारण सडक बन्न नसकेको स्थानियहरुको आरोप छ । स्थानिय सरकार गठन भएको बर्षो बिति सकेको भए पनि गाउँपालिकाको तर्फबाट वडा नं. ५ मा पर्ने सो सडकमा एक टोकरी माटो पनि नहालिएको स्थानियहरुको भनाई रहेको छ । हरेक बर्षायाममा यो टोलका ५ हजार भन्दा बढी जनताहरु सास्ती भोग्दै आएको छ । सडक बन्ने अवस्था छैन् अब सडक बाटै धान फलाएर गाउँपालिकालाई दिने स्थानियहरुले बताएका छन् ।

वडा नं. ५ को वडा कार्यालय अगाडी रहेको ईटियाही बजारको सकड पोखरी जस्तै हिलाम्य बने पछि बाध्य भएर बाटोमा धान रोपाई गर्नु परेको स्थानिय अगुवाहरुले बताएका छन् । धान रोप्ने क्रममा स्थानियहरुले गाउँपालिका तथा स्थानिय जनप्रतिनिधिहरुको बिरोधमा नारावाजी समेत गरेका छन् । धान रोपाई गर्न पुगेका स्थानियहरु वडा नं. ५को वडा कार्यालयमा तालाबन्दी समेत गरेका छन् ।

स्थानियहरुका अनुसार गाउँपालिका अध्यक्ष तथा वडा अध्यक्ष चरम भ्रष्टाचारमा लिप्त रहेको र २०७६ सालमा सडक निर्माणको लागि गठन भएको समितिमा पनि उनीहरुकै आसेपासे रहेको कारण सडक बन्न नसकेन् । गाउँपालिकामा संचालित “एक घर एक धारा कार्यक्रम” अन्तर्गत पनि गाउँपालिकाका अध्यक्ष तथा वडा अध्यक्षले आफ्नो कार्यकर्ता तथा आसेपासेका घरमा धारा गाडेको स्थानियहरुको अरोप छ ।

गाउँपालिकाका अध्यक्ष अमिरिलाल पालले सो बाटो निर्माणको लागि प्रदेश सरकारले ठेक्का सम्झौता गरी सकेको कारण स्थानिय सरकारलाई बजेट हाल्न कठिनाई भएको बताउनु भयो । बाटो निर्माणको लागि ठेक्का सकार भएको ३ बर्षमा पनि बाटो नबन्नु दुःखद रहेको वताउँदै पालले आफुले पटक पटक ठेकेदार कम्पनी तथा प्रदेशका हाकिमहरुलाई फोन गरी ताकेता गरेको वताउनु भयो ।

गाउँपालिका अध्यक्ष पालले सर्लाहीका एक कम्पनीले नेशनल मेडिकल देखि फेटा फुलवरिया सम्मको बाटो वनाउँने सम्झौता प्रदेश सरकारसँग गरेको वताउनु भयो । सम्झौता अनुसार बाटो डेढ बर्षमा बन्नु पर्ने हो । तर ठेकेदार कम्पनीको लापरवाहीको कारण बाटो बन्न नसकेको पालले बताउनु भयो । गाउँपालका अध्यक्ष पालले प्रदेश सरकारले कि त वाटो बनाउँनु पर्ने कि ठेक्का रद्द गर्नु पर्ने वताउनु भयो । स्थानिय जनतालाई कष्ट भइरहेको हामीले पनि देखेका छौं । तर बाध्यता बस मात्र बाटो मर्मत गर्न नसकेको वहाँले वताउनु भयो ।

spot_img

ताजा अपडेट

लोकप्रिय