बारा,२३ असार – बारा प्रहरीले भारी मात्रामा भन्सारी छली गरि नेपाल भित्रयाइएको कपडा सहित ४ जना पक्राउ गरेको छ । बाराले ५ लाख भन्दा बढी मुल्य पर्ने भन्सार छलीका कपडा सहित उनीहरुलाई पक्राउ गरेको जनाएको छ ।
बिशेष सुचनाको अधारमा मंगलबार बिहान ७ बजेको समयमा प्रहरी चौकी मटिअर्वा बाराबाट खटिएको प्रहरी गस्ती टोलीले कलैंया उपमहानगरपालिका वडा नं. १२ सितलपुर टोल स्थित सडक खण्डबाट कलैंया उपमहानगरपालिका वडा नं. २० वस्ने रफिक अंसारी,रिजवान मन्सुरी त्यसै गरी ना २ ह ३३६३ नम्बरको अटो चालक जंगीलाल साह र ना २ ह ५४४० नम्बरको अटोका चालक सोहि स्थान वस्ने जोखु पासवानलाई भन्सार छलीका कपडा सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
बरामद गरिएको ५ लाख ८ हजार ७० रुपैया बराबरको कपडा सहित नियन्त्रणमा लिइएको अटो तथा पक्राउ परेका चारै जनालाई आवश्यक कारवाहीको लागि भन्सार कार्यालय वीरगन्जमा पठाइएको जिल्ला प्रहरी कार्यालय बारा प्रहरी प्रवक्ता गौतम मिश्राले बताउनु भयो ।

