पर्सामा समुदाय स्तरमै कोरोना फैलिएको तथा लक्षण सहितका बिरामीहरु देखा पर्न थाले पछि कहाँ निर चुक भयो भनेर बिभिन्न कोणहरुबाट टिक्का टिप्पणी हुन थालेको छ । पर्सामा कोरोना संक्रमित घटेर कोभिड अस्पताल खाली हुने अवस्था पुगि सकेको थियो । अचानक नयाँ नयाँ बिरामीहरु आउन थाले पछि अधिकारीहरु चिन्तित भए । विज्ञहरुले अस्पताल मात्र खाली भएको तर, हाम्रो समुदायमा कोभिड १९ संक्रमित रहेको बताउँदै आएको थियो । पर्साको हकमा पनि परिक्षण नै सुस्त रहेको तथा कलट्रेसिङ्ग नै कमजोर रहेको वेला बखतमा टिका टिप्पणी हुदै नभएको पनि होईन ।
संघ तथा स्थानिय सरकार बिच लकडाउन सुरु भएको बेला देखि नै तालमेल छ भन्न सकिने अवस्था थिएन । कोभिड महामारी नियन्त्रणको लागि संघिय सरकारको प्रतिनिधिको रुपमा जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारीले सबै कुरा हेर्दै आएको भए पनि स्थानिय सरकार तथा सबै राजनितिक दलका प्रतिनिधिहरु बिच कहिले पनि पर्सामा तालमेल हुन सकेन । सबै राजनितिक दल, जनप्रतिनिधिहरु तथा सरकारी अधिकारीहरुले आफ्नै डम्फु पिटिरहे । डाक्टर तथा विज्ञहरुको चेतावनीका बावजुद डब्लुएचओको प्रोटोकल अपनाउन पर्सा असफल नै रहयो ।
लकडाउनको वेलामा पनि पर्सामा लकडाउनको पूर्ण पालना गराउँन स्थानिय अधिकारीहरु अफल नै रहे । भनाईमा सिमा सिल रहेको भए पनि चोरबाटोहरु प्रयोगबाट दुई देशका नागरिकहरुको ओहरदोहर जारी नै रहयो । सिमा नाकामा तस्करी चोरी पैठारी कहिले रोकिएन । दिउँसो तारबार लगाइएको सिमाका सडकहरुमा राती प्रहरी तथा सुरक्षाकर्मीहरुकै सहयोगमा तस्कर लाइन चलीरहयो तथा मानिसहरु नेपाल भारत आवत जावत गरिरहे ।
करिडोर ठूला उद्योगबाट कोरोना समुदायमा आएको प्रष्ट भइसक्दा पनि जगदम्बा र मारुती फर्मालाई स्थानिय प्रशासनले सिल गर्न आँट समेत गर्न सकेको छैन । संक्रमितलाई घरमै बस्न बाध्य बनाईयो । २ जना चिकित्सकमा समेत सक्रमण देखिए पनि स्वास्थ्यमर्कीलाई पनि आवश्यक सुरक्षा प्रदान गर्न नसकिएको देखिन्छ । बीरगन्जमा आकस्मिक बाहेकका सबै क्लिनिक बन्द रहेको बेलामा पनि स्थानिय प्रशासन गम्भीर हुन सकेको छैन् ।
विश्व स्वास्थ्य संगठनले समेत चारवटा आधार भए मात्र लकडाउन हटाउन सकिने भनेको भए पनि नेपालले त्यसको पालना गरेको देखिएन् । पर्सामा पनि अवस्था त्यही नै रहयो । डब्लूएचओले तोकेको आधारअन्तर्गत लकडाउन हटाउन संक्रमितको संख्या अत्यन्तै कम हुनुपर्ने, लकडाउन हटाएपछि जोखिम अझै बढ्ने भएकाले संक्रमितको उपचार गर्न विशेष र अत्यन्तै राम्रो हिसाबले अस्पतालको तयारी गरिन पर्ने,स्वास्थ्य जनशक्ति, भेन्टिलेटर, आईसीयू बढाउनु पर्ने, पीसीआर परीक्षणको दायरा व्यापक बनाउनु पर्ने, लकडाउन खुलेपछि आम व्यक्ति काममा फर्कने भएकाले कार्यालय वा कार्यस्थलमा सुरक्षित साथ काम गर्ने वातावरण सम्बन्धित कार्यालयले मिलाउनु पर्ने, कार्यालयमा कर्मचारी संक्रमणबाट जोगिने सुनिश्चितता हुनु पर्ने, लकडाउनपछि कसरी सुरक्षित हुने भन्नेबारे सर्वसाधारण सुसूचित गर्नु पर्ने, लकडाउन खुलेपछि नयाँ सामान्यीकरणमा सुरक्षित हुने वातावरण राज्य र सम्बन्धित निकायले बनाउनु पर्ने लगायतका कुराहरु निर्धारण गरेको छ । तर डब्लूएचओले तोकेका चारवटै आधार स्तम्भ पुरा नहुँदै नेपाल सरकारले लकडाउन समाप्तीको घोषणा ग¥यो । पर्सामा अवस्था फरक रहेन । भारतसँग सिधा सम्पर्कमा रहने बीरगन्ज सहरले छिमेकी भारतसँग सम्पर्क कहिल्यै पनि टोड्न सकेन । यहाँ सम्म कि बिरामीको संख्या हाल आइसोलेशन बेड भन्दा बढी भयो भने के गर्ने बारेमा समेत पर्साले ध्यान दिएन् । काम गर्नु भन्दा बढी अधिकरीहरु मिडियामा अन्तरवर्ता दिनमा व्यस्थ देखिए ।
नेपाल सकारको राजश्व असुलीको उदेश्य प्राप्तीका लागि पनि पर्सा सबै भन्दा बढी प्रयोग भयो । त्यस माथी उद्योगहरु खोल्न ग्रिन सिग्नल पाए पछि भारतिय श्रमिक, कामदार तथा टेक्निसियनको भरमा चल्ने पर्सा कोरीडोरका ठूला देखि साना उद्योगहरुमा भारतिय कामदारहरु काम गर्न फेरी फर्किए । जसलाई रोक्न स्थानिय प्रशासन असफल भयो । दिनहँु नेपाल सिमावर्ती भारतिय बजार,शहर तथा गाउँबस्तीबाट मजदुर तथा कामदारहरु बीरगन्ज–पथलैया करिडोरमा काम गर्न आउने र वेलुका फर्किने क्रम पनि जारी नै रह्यो । त्यसलाई समेत पर्साका सुरक्षाकर्मीहरुले नजर अन्दाज गरे । संघ र प्रदेश सरकारले पर्सालाई कोरोना महामारी नियन्त्रणको लागि सुरुमा खासै महत्वमै राखेन् ।
पछि बिस्तारै नारायणी अस्पतालबाट परिक्षण सुरु गरिए पनि बिभिन्न प्राविधिक समस्याका कारण परिक्षण नियमित हुन सकेन् । जनशक्ती बढाउने, कोरोना अस्पतालमा बेड बढाउने विषयमा कहिले पनि पर्सा गम्भीर बन्न सकेन् । वीरगन्ज महानगरपालिकाले आफ्नै पहलमा एक घर एक पिसिआर गर्ने कार्यक्रम अगाडी सारे पनि परिक्षण अहिले सम्म शुरु हुन सकेन् । संघ, प्रदेश तथा बीरगन्ज महानगरपालिकाका नेताहरु एक अर्का प्रति दोषारोपणमै व्यवस्थ देखिए ।
स्थानिय सरकार तथा प्रशासनलाई घच्घच्याई रहने नागरिक समाज तथा सहयोगी हातहरु पनि बिस्तारै सेलाउँदै गए । विज्ञहरुले पर्सामा कोरोना एक चोटी उछाल हान्ने बताई रहदा समेत उनीहरुको कुरालाई कसैले गम्भीरताका साथ लिएन् । स्थानिय सरकार, प्रशासन तथा नागरिक सबै जना कोरोना पर्सामा अब आउँदैन भने निर्धक भएर नियमित काममा फर्किए । कोरोना महामारी तथा राहत वितरणका लागि खर्च भएका रकमहरुमा व्यापक भ्रष्टाचार भयो तथा पर्सामा लक्षित वर्ग सम्म राहत पुग्नै सकेन् । जनताको लास माथी चौतर्फी राजनितिक भइरहयो ।
यहाँ सम्म किन विज्ञहरु समेत हात हालाहालमा उत्रिए । यी सब कारणले पर्सामा कोरोना आफ्नो जडा गाडदै गयो । अहिले पनि भनिए जस्तो कोरोना समुदाय मै गएको हो अथवा कन्टैक्ट ट्रेसिङ्ग तथा परिक्षणहरुमै केहि त्रुटि भएको छ त्यसको पनि यकिन डाटा पर्सामा छैन् । अझै पनि कमजोरीहरुलाई पहिल्याउँदै विज्ञहरुको भनाई अनुसार अगाडी बढन सकिएन् । पर्सामा भयावह स्थिती सृजना हुन सक्ने अवस्थालाई नकार्न सकिदैन् ।

