वीरगन्ज,२ भदौं सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट भिखमपुरले भारी परिणाममा लागु औषध चरेस बरामद गरेको छ ।
सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट भिखमपुरबाट खटिएको शसत्र प्रहरीको गस्ती टोलीले २० कलो चरेश बरामद गरेको छ । शसत्र प्रहरीको टोलीले पर्साको जगरनाथपुर गाउँपालिका वडा नं.२ दसौता सीमा इलाकाबाट सो परिणममा लागु औषध चरेश बरामद गरेको हो ।
गोप्य सुचनाको अधारमा नेपालबाट भारततर्फ लगिरहेको चरेस बरामद गरिएको बिओपी भिखमपुरका प्रहरी निरिक्षक किशमान तामाङले वताए । प्रहरी टोलीलाई देखेर तस्करहरु चरेस छाडी भागेकाले कारोवारीहरुलाई पक्राउ गर्न नसकिएको शसत्र प्रहरी निरिक्षक तामाङले बताए ।

