वीरगन्ज, २ भदौं – ठाकुर राम बहुमुखि क्याम्पस वीरगन्जका सहायक क्याम्पस प्रमुख एवं शिक्ष विद् प्राध्यापक प्रमोद गुप्ताको निधन भएको छ । सोमवार दिउँसो ४ बजे तिर अचानक स्वास्थ्य स्थिती बिग्रिए पछि गुप्तालाई नारायणी वयोधा अस्पतालमा उपचारको लागि भर्ना गरिएको थियो ।
राती १० बजे सम्म अवस्था ठिकै रहेको भए पनि अचानक मुटुको चाल कम भएको र केहि बेरमै चिकित्सकहरुले उनलाई मृत घोषणा गरेको परिवारिक स्रोतले जनाएको छ । वीरगञ्ज महानगरपालिका वडा नं. ४ विर्ता निवासी गुप्तालाई केहि दिन अघि ज्वरो लागेको भए पनि उपचार पछि स्वस्थ हुनु भएको थियो ।
सोमबार उनलाई नारायणी वयोधा अस्पतालमा भर्ना गर्दा निमोनिया लागेको पुष्टि भएको परिवारिक स्रोतले जनाएको छ । उनको निधनले वीरगन्जको शिक्षा क्षेत्रमा अतुल्निय क्षती भएको वीरगन्जका प्रध्यापकहरुले बताएका छन् । ठाकुर राम क्याम्पसका सहयाक क्याम्पस चिफ हुदा उनले धेरै सुधारका कार्यहरु गर्नुका साथै गुणस्तरीय शिक्षामा जोड दिएका थिए ।

