बारामा राहत बितरणको लागि खरिद गरिएको दाल गुणस्तहिन प्रमाणित भए पछि जलाउनु प¥र्यो

spot_img

बारा,४ भदौं – लकडाउनको बेला जनतालाई राहत बितरण गर्नको लागि खरिद गरिएको गुणस्तरहिन अरहरको दाल बारा प्रहरीले नष्ट गरेको छ । दाल गुणस्तरहिन तथा किरा लागेको सुचनाको अधारमा कलैंया उपमहानगरपालिकाको बिभिन्न वडाहरुमा राखिएको तथा यादव आइस एण्ड कोल्ड स्टोरेजमा भण्डारण गरी राखिएको अरहरको दाल जिल्ला प्रशासन कार्यालय बारा तथा बारा प्रहरी सहितको टोलीले जपत गरी शिलबन्दी गरेकोमा परिक्षण पछि गुणस्तरहिन देखिएको तथा खान नमिल्ने प्रमाणित भए पछि प्रहरीले दाल आज नष्ट गरेको छ ।

२०७६ चैत २९ गते तथा २०७७ बैशाख १ गते जपत गरेको दाल प्रहरीले बसन्तपुर प्रहरी चौकी तथा यादव आइस एण्ड कोल्ड स्टोरको गोदाममा शिलबन्दी गरी राहेको थियो । प्रहरीले यादव आइस एण्ड कोल्ड स्टोरमा शिलबन्दी गरेको प्रति बोरा २५ किलोका दरले ३८० बोरा र प्रति बोरा ५० किलोका दरले रहेको ४५० बोरा र बसन्तपुर प्रहरी चौकी प्रागंनमा राखिएको प्रति बोरा २५ किलोका दरले रहेको ४२५ बोरा दाल प्रहरीले जिल्ला प्रशासन कार्यालय बाराको आदेशानुसार जिल्ला प्रशासन कार्यालय बाराको प्रतिनिधि,स्थानीय जनप्रतिनिधि, भद्र भलादमी तथा पत्रकारहरूको रोहरवरमा नष्ट गरेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

दाल कलैया उ.म.न.पा.वडा नं.१४ बघवन टोल स्थित पसाह खोलाको पश्चिम किनारमा जलाई पुनः माटोले पुरी नष्ट गरिएको प्रहरीले जनाएको छ ।
गुणस्तरहिन दाल खरिद प्रकरणमा प्रहरीले केहि जनप्रतिनिधि सहित स्पलायर्सको प्रतिनिधिलाई समेत पक्राउ गरेको भए पनि उनीहरु धरौटीमा हिरा भएका थिए ।

spot_img

ताजा अपडेट

लोकप्रिय