काठमाडौं । कोरोनाबाट भारतमा पछिल्लो २४ घण्टामा ८२ हजारभन्दा बढीमा संक्रमण पुष्टि भएको छ । एकैदिन ८२ हजार ८ सय ६० जना संक्रमित भएका छन् । योसँगै भारतमा कोरोना संक्रमितको संख्या ३८ लाख ४८ हजार ९ सय ६८ पुगेको छ ।
संक्रमितको यो संख्या एसियाली देशमा सबैभन्दा धेरै हो भने विश्वमा सबैभन्दा बढी संक्रमित हुने देशहरूको सूचिमा तेस्रो हो । संक्रमितमध्ये अहिलेसम्म २९ लाख ६७ हजार ३ सय ३९ जना संक्रमणमुक्त भएका छन् भने ८ लाख १४ हजार ६८ जनाको उपचार भइरहेको छ ।
यस्तै भारतमा कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या ६७ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा १ हजार २६ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ६७ हजार ४ सय ८६ पुगेको वर्ल्डोमिटर्सले जनाएको छ ।

