कोरोना अपडेट : विश्वभर एकैदिन २ लाख २० हजार बढी कोरोनामुक्त भए, संक्रमितको संख्या कति ?

spot_img

काठमाडौं । कोरोना महामारीको विश्वव्यापी प्रभावका कारण विश्व आक्रान्त छ । विश्वभर एकै दिन २ लाख २० हजारभन्दा बढी मानिस कोरोना संक्रमणमुक्त भएका छन् ।

तथ्याङ्क अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सका अनुसार एकै दिन २ लाख २० हजार ५ सय ५ जना संक्रमणमुक्त भएका छन् । योसँगै शनिबार बिहानसम्म कोरोनाबाट निको हुनेको संख्या १ करोड ८८ लाख ९४ हजार ६ सय ६२ पुगेको छ । निको हुनेको यो संख्या कुल संक्रमितको ७० प्रतिशत हो ।

विश्वभर संक्रमितको संख्या २ करोड ६७ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा २ लाख ९२ हजार ५ सय ९ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमित संख्या २ करोड ६७ लाख ८४ हजार ८८ पुगेको हो । यस्तै एकै दिन थप ५ हजार ६४५ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणले विश्वभर मृत्यु हुनेको संख्या ८ लाख ७८ हजार १ सय ८५ पुगेको छ ।

कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा २ लाख ९ हजार ४६६ जनाको मृत्यु भएको छ । उत्तर अमेरिकी मुलुकहरूमा २ लाख ७८ हजार ६३९ जनाको मृत्यु भएको छ । एसियाली मुलुकहरूमा १ लाख ४८ हजार ९ सय २५ जनाको मृत्यु भएको छ । दक्षिण अमेरिकी मुलुकहरूमा २ लाख १० हजार ४७ जनाको मृत्यु भएको छ ।

अफ्रिकी मुलुकहरूमा ३० हजार ९ सय ५ जनाको ज्यान गएको छ भने १२ लाख ८९ हजार ८ सय १७ संक्रमित छन् । अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरूमा ७७९ जनाको मृत्यु भएको छ ।

spot_img

ताजा अपडेट

लोकप्रिय