भारतमा एकैदिन अहिलेसम्मकै धेरैमा कोरोना संक्रमण, ९० हजार बढीमा पुष्टि

spot_img

काठमाडौं । भारतमा कोरोना भाइरसबाट पछिल्लो २४ घण्टामा अहिलेसम्मकै धेरै ९० हजारभन्दा बढीमा संक्रमण देखिएको छ । यसअघि शनिबार ८७ हजार १ सय १५ जनामा संक्रमण पुष्टि भएकोमा आइतबार यो समाचार तयार पार्दासम्म ९० हजारभन्दा बढीमा संक्रमण पुष्टि भएको छ ।

शनिबार ९० हजार ६०० जना संक्रमित भएसँगै भारतमा कोरोना संक्रमितको संख्या ४१ लाख १० हजार ८ सय ३९ पुगेको छ । संक्रमितको यो संख्या एसियाली देशमा सबैभन्दा धेरै हो भने विश्वमा सबैभन्दा बढी संक्रमित हुने देशहरूको सूचिमा तेस्रो हो ।

संक्रमितमध्ये अहिलेसम्म ३१ लाख ७७ हजार ६ सय ३७ जना संक्रमणमुक्त भएका छन् भने ८ लाख ६२ हजार ४ सय ८७ जनाको उपचार भइरहेको छ । यस्तै भारतमा कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या ७० हजार नाघेको छ । पछिल्लो २४ घण्टामा १०४४ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ७० हजार ६७९ पुगेको वर्ल्डोमिटर्सले जनाएको छ ।

spot_img

ताजा अपडेट

लोकप्रिय