प्याजको मुल्य ह्वातै बढयो,स्टक लुकाउ माल कमाउ नितिमा व्यसायीहरु

spot_img

वीरगन्ज ३० भदौ – भारतीय बजारमा प्याजको मुल्य निकै बढेको भन्दै भारत सरकारले प्याजको निर्यात राके पछि त्यसको प्रभाव नेपाल पनि पर्न थालेको छ । वीरगन्जमा दुई अघि सम्म बढीमा ५ हजार ६ सय रुपैया प्रति क्युन्टलमा विक्री भएको प्याजको मुल्य बुधवार प्रति क्युन्टल ७ हजार २ सय रुपैया माथी पुगेको छ ।

वीरगन्जमा आज विहान प्याज खुद्रामा प्रतिकिलो ७५ देखि ८० रुपैया सम्ममा बिक्री वितरण भएको छ । भारत सरकारले प्याजको निर्यात रोकेपछि नेपालमा प्याजको मुल्य ह्वतै बढेको व्यवसायीहरु बताउँछन् । तर स्टक लुकाएर निर्यात रोकिएको एक/दुई दिनमै दाम बढाएर व्यवसायीहरुले काला बजारी गरेको उपभोक्तहरुको ठहर छ । नेपाली किचेनमा प्याज नभई नहुने खाद्य समाग्री हो । प्याज नहाली कुनै पनि तरकारी स्वादिलो नबन्ने गृहिनीहरुको भनाई छ ।

कुनै पनि खाद्य वस्तुको अभाव भए पछि बिभिन्न बहानामा व्यापारीहरुले स्टक लुकाएर कृत्रिम अभाव सिर्जना गर्दै महँगोमा बेच्ने गरेको परम्परा नेपालमा पुरानै हो । त्यो कुरा पछिल्लो पटक प्याजमा पनि देख्न पाइएकोछ । आज देखि देशको मुख्य नाका वीरगन्ज सहित देशैभरी प्याजको मुल्य ह्वतै बढेको छ ।

भन्सार विभागका महानिर्देशक सुमन दाहालले भारतले प्याजको निर्यात रोकेको बताए । व्यवसायीहरुले भारतबाट २९ भदौ देखि प्याज आउन बन्द भएकोले अभाव सृजना भएको बताउँछन् । यसअघि सन् २०१९ मा पनि भारत सरकारले प्याजको निर्यात रोकेको थियो ।

वीरगन्जका व्यवसायीहरु धमाधम प्यासको स्टक लुकाएर महगोमा बेच्ने दाउमा रहेको एक उपरोक्त रोशन पटेलले बताए । उनले स्थानिय प्रशासनले अनुगमन गरे तत्काकै धेरै प्याज वीरगन्जमा लुकाएको अवस्थामा बरामद हुने बताए ।

spot_img

ताजा अपडेट

लोकप्रिय